Logo
१३ बैशाख २०८१, बिहीबार
(March 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोनबारे आधिकारिक जानकारी दिन सरकारद्वारा मोबाइल एप सञ्चालन

कोरोना भाइरसको जोखीम नियन्त्रण गर्नको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मोबाइल एप सञ्चालनमा ल्याएको छ ।

उक्त एपमा कोरोना संक्रमित व्यक्तिको पहिचान र उसको उपचारको व्यवस्था मोबाइलबाटै गर्न सकिने जनाएको छ ।

एपको माध्यमबाट सरकारले ५० वर्षभन्दा माथि उमेरका व्यक्तिको बारेमा जानकारी लिने मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले बताए ।

यो एपको माध्यमबाट व्यक्ति आफैँले कोरोना भएरनभएको बारेमा जानकारी लिनसक्ने र तत्काल अस्पताल लैजान सकिने व्यवस्था गरिएको स्वास्थ्यमन्त्री भानुभक्त ढकालले जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार यो एपबाट देशभर कति क्वरेन्टीन र आइसोलेशन छन् भन्ने लगायतका विवरण थाहा पाउन सकिनेछ ।

https://www.facebook.com/mohpnep/videos/143519830411312/?t=19

चीनबाट आवश्यक सामग्री आइसकेकाले अब छिट्टै अरु प्रदेशमा पनि कोरोना परीक्षणको व्यवस्था मिलाउने उनले बताएका हुन् ।

यस्तै एउटा अस्पतालमा खोजिएको सुविधा आफू नजिकैको अस्पतालमा रहे नरहेको र अर्को कुन अस्पतालमा सुविधा छन् भन्ने कुरा खोज्न पनि एप सहयोगी हुने उनको भनाइ छ ।

 

प्रकाशित मिति: Mar 29, 2020

प्रतिक्रिया दिनुहोस्