Logo
७ बैशाख २०८१, शुक्रबार
(March 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश २ सरकारको निर्णय, लकडाउन अवधिभर गरिब तथा मजदुरलाई खानाको व्यवस्था

कोरोना रोेकथाम तथा नियन्त्रणका लागि देशभरि सरकारले लकडाउन गरिरहेको अवस्थामा प्रदेश २ सरकारले लकडाउन अवधिभर प्रदेशका गरिब तथा दैनिक ज्यालादारीमा काम गर्ने मजदुरलाई खानाको व्यवस्था गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषदको बैठकले लकडाउनका कारण समस्यामा परेका गरिब मजदुरको जीवन रक्षाको लागि खानाको व्यवस्था गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादवले यादवले जानकारी दिए ।

सर्वदलीय बैठकमा मुख्यमन्त्री लालबाबु राउत सहितका मन्त्रीहरु, काँग्रेस संसदीय दलका नेता राम सरोज यादव, नेकपाका संसद शत्रुधन महतो, संसद किशोरी साह कमल , विभिन्न मन्त्रालयका सचिवलगायतको सहभागिता रहेको थियो ।

यसका लागि प्रत्येक स्थानीय तहमा स्थानीय तहका जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, स्थानीय समाजसेवी संस्था सम्मलित सर्वपक्षीय समिति गठन गरेर काम गर्नेगरी कार्यविधि बनाइएको छ ।

यसअघि सरकारले कोरोना रोकथामका लागि हालसम्म गरेको प्रयास र अगामी दिनमा लिइने नीतिबारे जानकारी गराउन सर्वदलीय बैठक समेत बोलाएको थियो ।

यसको व्यवस्थापन स्थानीय तहसँग समन्वय गरेर तत्कालको लागि प्रदेशको एकमात्र महानगर वीरगंजलाई २५ लाख, उपमहानगरलाई २० लाख तथा हरेक नगरपालिकालाई १५ लाख र गाँउपालिकालाई १० लाखको दरले रकम पठाउने सरकारले निर्णय गरेको छ ।

यस्तै प्रदेश सरकारले सोही बरावरको रकम स्थानीय तहलाई समेत राख्न आग्रह गरेको छ ।

 

 

 

प्रकाशित मिति: Mar 29, 2020

प्रतिक्रिया दिनुहोस्