Logo
१३ बैशाख २०८१, बिहीबार
(March 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश ५ मा २९ जनालाई आइसोलेसन र ५ सय जना भन्दा बढीलाई क्वरेण्टाइनमा राखियो

प्रदेश नं ५ मा कोेरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै ५ सय जना भन्दा बढीलाई क्वरेण्टाइनमा  राखिएको प्रदेश प्रहरीले बताएको छ ।

प्रदेश प्रहरी प्रमुख नरबहादुर केसीकाअनुसार रुपन्देहीमा ५२ जना सहित प्रदेशभित्र ५ सय जनाभन्दा बढीलाई क्वरेण्टाइनमा राखिएको हो ।

प्रदेशका १२ जिल्लामा १ सय ९० स्थानमा क्वरेण्टाइन बनाइएको छ । ति क्वरेण्टाइनमा २ हजार ३ सय शैय्या रहेका छन् ।यस्तै प्रदेशभित्र २९ जनालाई आइसोलेसनमा राखिएको छ ।

प्रदेशमा सबैभन्दा बढी रुपन्देहीका १६ स्थानीय तहमा ३ सय ५४ शैय्या रहेका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार नवलपरासीमा १४ , पाल्पामा २३, अर्घाखाँचीमा ३४, प्युठानमा १६, बर्दियामा १९ र कपिलवस्तुमा १६ स्थानमा क्वरेण्टाइन बनाइएको छ ।

त्यस्तै गुल्मीमा २६, बाँकेमा ८, दाङमा १६, रोल्पामा १ तथा रुकुम पूर्वमा २ स्थानमा क्वरेण्टाइन तयार भएका छन् । प्रदेशमा अधिकांश क्वरेण्टाइन विद्यालय भवनमा बनाइएका छन् ।

क्वरेण्टाइनमा भारतसहित तेस्रो मुलुकबाट आएका नेपाली तथा अन्य देशका शंकास्पद नागरिकलाई राखिएका छन् ।

प्रकाशित मिति: Mar 29, 2020

प्रतिक्रिया दिनुहोस्