Logo
११ बैशाख २०८१, मंगलबार
(March 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना रोकथाम, प्रतिरक्षा र उपचार व्यवस्थालाई प्रभावकारी बनाउन विभिन्न समिति गठन

प्रदेश नं १ सरकारले प्रदेशमा कोरोना भाइरस (कोभिड-१९) रोगको रोकथाम, प्रतिरक्षा र उपचार व्यवस्थालाई थप प्रभावकारी बनाउन विभिन्न समितिहरु गठन गरेको छ ।

मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा शनिबार बसेको निर्देशन समितिको बैठकले मुख्यमन्त्रीको संयोजकत्वमा स्थानीय तह सम्पर्क, समन्वय, प्रचार प्रसार तथा जनचेतना समिति गठन गरेको छ ।

यसैगरी बैठकले आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीको संयोजकत्वमा क्वारेन्टाइन, परिबहन व्यवस्था तथा सुरक्षा व्यवस्थापन समिति गठन गरेको छ ।

त्यस्तै बैठकले सामाजिक विकासमन्त्री जीवन घिमिरेको संयोजकत्वमा आइसोलेशन तथा विशिष्टिकृत अस्पताल एवं प्रयोगशाला सञ्चालन तथा व्यवस्थापन समिति र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदिशप्रसाद कुसियैतको संयोजकत्वमा दैनिक उपभोग्य वस्तु आपूर्ति व्यवस्थापन समिति गठन गरेको बताइएको छ ।

बैठकले कोरोना(कोभिड-१९) विरुद्धको अभियानमा खटेका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई अतिरिक्त सुविधा प्रदान गर्ने निर्णय गरेको छ ।

बैठकले प्रदेश सभाका सदस्यहरुलाई आफ्नो निर्वाचन क्षेत्रमा कोभिड–१९ विरुद्धको अभियानको संयोजन र अनुगमनको काम गर्ने समेत निर्णय भएको जनाइएको छ ।

यसैबीच मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा शनिबार बसेको प्रदेश नं १ कोरोना जनसुरक्षा कोष, कोष सञ्चालक समितिको बैठकले प्रदेशका सुरक्षा समितिहरुलाई  १ करोड ६८ लाख रकम उपलब्ध गराउने निर्णय समेत गरिएको छ ।

कोष सञ्चालक समितिको बैठकले नेपाली सेनालाई क्वारेन्टाइनको सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी र प्रदेशभित्रका जिल्ला प्रशासन कार्यालयलाई क्वारेन्टाइनसम्म र कोरोना अस्पतालसम्म पुर्‍याउने जिम्मेवारी दिएको छ ।

त्यस्तै बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई अस्पताल र क्वारेन्टाइन क्षेत्रको सुरक्षा गर्ने, सङ्क्रमितहरुको सुरक्षा र ‘लकडाउन‘को प्रभावकारी कार्यान्वयन गराउने जिम्मेवारी दिएकाृे मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: Mar 29, 2020

प्रतिक्रिया दिनुहोस्