Logo
६ बैशाख २०८१, बिहीबार
(March 28, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुहबी र गढीमा लकडाउनको चरम उल्लंघन, भारतीय मजदुरहरु डुल्दै गरेको देखेपछि स्थानियहरु त्रासमा

सुनसरीको दुहबी ९ र गढि १ स्थितमा संचालन रहेका जय बाबा इँटा उद्योग र अन्नत ईटा उद्योगमा कार्यरत ७५० भारतीय मजदुरहरु देश लकडाउन भएको अवस्थामा खुल्लम खुल्ला काम गरेको पाइएको छ । सरकारले लकडाउन गरेर भिडभाड न गर्न तथा अति आवश्यक काम वाहेक घर बाहिर न निस्कन आदेश दिएपनि सो उद्योगहरु संचालनमा रहेको पाइएपछि
स्थानियहरु कोरोना भाइरसको उच्च जोखिममा रहेको पाइएको छ ।

सयौंको संख्यामा सो उद्योगहरुमा काम गर्ने पश्चिम बंगालका भारतीय मजदुरहरु किनमेल गर्ने बाहानामा गाउँ घुम्ने गरेको र सो मजदुरहरु मध्ये केही मजदुरहरु केहि हप्ता अगाडि मात्र भारतबाट आएको स्थानीय ताबिज मिया र सौकत अलीले बताए । सो उद्योगका मजदुरहरु अटेर गरि गाउँ तथा बजारतर्फ हिंडेको देखेपछि स्थानियहरु त्रासमा रहेको भन्दै उद्योग बन्द गराउन गएपनिपनि संचालकहरुले अटेर गरेको उनिहरु
बताउँछन । स्थानीय ताबिज मियाँका अनुसार भारतिय मजदुरहरुको स्वास्थ्य परिक्षण बिनै खुल्लम खुल्ला घुमेको देखेर दुहबी प्रहरीमा सो बिषयमा खबर गरेपछि प्रहरी आएर काम न रोकाइ तेतिकै फर्केकोले आफुहरु कुन निकायमा जाने भन्दै प्रश्न गरे ।

उद्योग निर्वाधरुपमा संचालन गरेर सयौंको संख्यामा मजदुरहरु काम गरेको र वाहिर घुमफिर गरेको देखेपछि स्थानीयहरुले संचारकर्मीलाई जानकारी गराएपछि सो उद्योगमा रिपोर्टिङ गर्न पुगेका संचारकर्मिलाई दुहबी ९ मा रहेको जय बाबा इँटा उद्योगका व्यवस्थापक राजेश यादवले प्रवेश
द्वारमा केहिवेर रोकेका थिए । केहि बेरपछि स्थानीय युवाहरुको पहलमा उद्योग हाता भित्र प्रवेश गरि सो उद्योगमा मजदुरहरु खुल्लम खुल्लारुपमा काम गरेको पाइएको थियो । जय बाबा ईटा उद्योगमा बाल मजदुर समेत प्रयोग गरेको देखिएको
थियो ।

गढि १ स्थितमा रहेको अन्नत ईटा उद्योग समेत निर्वाधरुपमा संचालन भएको पाइएको थियो । अन्नत ईटा उद्योगमा काम
गर्ने भारतिय मजदुरहरु हुल बाँधेर गाउँतर्फ प्रवेश गरेको देखिएपछि संचारकर्मीले काहा जा रहे हे भनेर हिन्दी भाषामा सोध्दा हम लोग गाउँकी दुकान तरफ जा रहेहे भनी सुनाए । जय बाबा ईटा उद्योगमा ५०० बढी भारतीय मजदुरहरु काम गरेको उद्योगका व्यवस्थापक राजेश यादवले बताए भने अन्नत इँटा उद्योगमा २२५ भारतीय मजदुरहरु काम गरेको उद्योगका व्यवस्थापक मोहन पोखरेल ले बताए । अन्नत इँटा उद्योगका संचालक रंगेली नगरपालिकाका मेयर दिलिप बगडीया रहेको
व्यवस्थापक पोखरेलले बताए ।

सो बिषयमा ईलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरिक्षक प्रविण कार्की सँग बुझ्दा मजदुरहरुलाइ बाहिर निस्कन न दिइ उद्योग हाता भित्रै राखेर उद्योग चलाउनु पाइने तर्क दिएका
थिए । दुहबीका प्रहरी निरिक्षक कार्कीले मजदुरहरु बाहिर घुमफिर गरेको पाइए नियन्त्रणमा लिने समेत बताए । नेपालमा ५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको अबस्थामा सरकारले लक डाउन बढाउने तयारी गरि रहेको बेलामा दुहबीमा एस्तो देखिएको हो ।

प्रकाशित मिति: Mar 28, 2020

प्रतिक्रिया दिनुहोस्