Logo
१६ चैत्र २०८०, शुक्रबार
(March 28, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जनकपुरको प्रादेशिक अस्पतालमा सबै सेवा बन्द, अब कोरोनाको मात्र उपचार हुने

कोरोना भाइरस संक्रमितको उपचारकालागि प्रदेश २ को राजधानी जनकपुरस्थित प्रादेशिक अस्पतालले आकस्मिक तथा अत्यावश्यकबाहेक अन्य सम्पूर्ण सेवा बन्द गरेको छ ।

विश्वभर फैलिएको कोरोना माहामारी रोकथाम तथा नियन्त्रण गर्न भन्दै अन्य सेवाहरु बन्द गरी अस्पताल त्यतर्फमात्र केन्द्रित हुने अस्पतालले जनाएको छ ।

कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्न अस्पतालको सम्पूर्ण वार्डहरु मर्ज गरी सीमित वार्डमात्र सञ्चालनमा ल्याइएको अस्पतालका प्रमुख डा.नागेन्द्र यादवले जानकारी दिए ।

उनका अनुसार अस्पतालसँग सम्बन्धित सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मीलगायत, प्रशासनिक कर्मचारीहरुको रिजर्भ पुल निर्माण गरिको छ ।

‘जनकपुर नर्सिङ क्याम्पस, पोषण पुनस्र्थापना गृह, एआइटी सेन्टर, सम्पूर्ण वार्ड तथा अन्य सबै तहका चिकित्सक, पारामेडिक्स, प्रशासनिक कर्मचारीलगायत कार्यालय सहायक तथा स्वीपरहरुको रिजर्भ पुल निर्माण गरिएको छ ।

सोहि पुलबाट फिभर क्लिनिक, इमरजेन्सी आइसोलेसन वार्ड र संभावित कोभिड–१९ आईसीयू सञ्चालन गर्न सबैलाई कामकाज गर्न खटाइएको छ,’डा.यादवले अस्पताल मातहतका निकायलाई लेखेको पत्रमा भनिएको छ ।

आइतबारदेखि सम्पूर्ण कर्मचारीहरुलाई अस्पतालमा अनिवार्य रुपले उपस्थित हुन उनले निर्देशन समेत दिएका छन् ।

प्रकाशित मिति: Mar 28, 2020

प्रतिक्रिया दिनुहोस्