Logo
६ बैशाख २०८१, बिहीबार
(March 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

८ नेपाली सहित २ सय ९९ युरोपियनलाई लिएर उड्यो कतार एयरवेजको जहाज

दोहाबाट आएको कतार एयरवेजको जहाजले ३०७ जना यात्रुलाई बोकेर काठमाडौंबाट उडेको छ। कतार एयरवेजको उडान नम्बर क्युआर ७४८२ बाट शुक्रबार ८ नेपाली सहित २ सय ९९ युरोपियनलाई लगिएको हो।

नेपालबाट फर्किन लागेका सबै नागरिकलाई आवश्यक चेकजाँचपछि विमानस्थल लगिएको थियो। ती यात्रु लैजानका लागि कतारस्थित जर्मन दूतावासले जहाज पठाउन आवश्यक पहल गरेको थियो।

अध्यागमन विभागका अनुसार नेपालमा रहेका युरोपेली मुलुकका नागरिकलाई फर्काउन जर्मन दुतावासले कतार एयरवेजको खाली जहाज दोहाबाट मगाएको थियो।

विमानस्थलका अध्यागमन प्रमुख सागर आचार्यका अनुसार ती सबै यात्रुलाई लिएर कतारको जहाज काठमाडौंबाट बिहान ११ बजेर ५० मिनेटमा उडिसकेको छ।

उनका अनुसार राजधानी उपत्यकाका विभिन्न स्थानबाट उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगेर कतार पठाइएको हो।

खाली आएको विमानमा युरोपेली नागरिकलाई लैजान नेपाल सरकारकोतर्फबाट सबै सहयोग गरिएको अध्यागमन विभागले जनाएको छ।

विश्‍वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण नेपालमा गरिएको लकडाउनका कारण विदेशी नागरिक फसेका थिए।

स्वदेश फिर्ता हुन नपाएका उनीहरुलाई लैजान दोहबा६ खाली जहाज आएको थियो।

कति फिर्ता गए हेर्नुहोस्

जर्मनी-२६० नेदरल्यान्ड-१० फिनल्यान्ड-३ पोर्चुगल-१ अस्ट्रिया-६ स्पेन-१ पोल्यान्ड-१ बृटिस-१ अस्ट्रेलिया-१ न्युजिल्यान्ड-१ डेन्मार्क-४ चेक रिपब्लिक-२ लाटभिया-१ फ्रान्स-१ स्विजरल्यान्ड-४ स्विडेन-१ नेपाली-८

जम्मा ३०७ जना

प्रकाशित मिति: Mar 27, 2020

प्रतिक्रिया दिनुहोस्