Logo
६ बैशाख २०८१, बिहीबार
(March 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बनेपा नगरपालिका वडा नं २ का जनप्रतिनिधिबाट जनचेतनामुलक कार्यक्रम तथा स्वास्थ सामाग्री वितरण

काभ्रे जिल्ला बनेपा नगरपालिका वडा नं २ का जनप्रतिनिधिले कोरोना भाईरस अर्थात कोभिड–१९ बारे घरदैलो जनचेतनामुलक कार्यक्रम गरेका छन् । अभियानमा वडा अध्यक्ष हरिशरण घिमिरे, वडा सदस्य एवं स्वास्थ्य टोलिले दुई दिनमा ६०० घर परिवारलाई भाईरसबारे सचेतनामुलक कार्यक्रम तथा स्वास्थ सामाग्री वितरण गरेका छन् ।

वडा अध्यक्ष तथा टोलीले प्रत्क्षय टोल टोलमा चेतना मुलक सन्देश दिदै आफनो घर परिवार छिमेक वडा भित्रका नागरिक लाई भाईरसबारे चेतना मुलक सन्देश दिएको थियो । उनिहरुले समय अनुसार आफै सचेत हुनु अनुरोध गर्दै सामान्य प्रकारका (जरो रुघा खोकी र जिबनजल) जस्ता अति आबस्यक ओैषधि तथा हात धुने साबुन बितरण गरेका थिए ।

आगामी दिनमा कोरोना भाईरसको प्रकोप अनुसार घर घरमा गएर जरो नापी संका लागेमा बिमारीको नमूना संकलनगरि उपचारको व्यवस्था गरिएको वडा अध्यक्ष हरिशरण घिमिरेले बताउनु भयो।

प्रकाशित मिति: Mar 27, 2020

प्रतिक्रिया दिनुहोस्