Logo
१५ चैत्र २०८०, बिहीबार
(March 26, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुहबी नगर पालिकाले क्वारेन्टाइन बनाउन सुरु गरेपछि स्थानीयले गरे अबरोध, कारण छ यस्तो

सुनसरीको दुहबी नगरपालिकाले दुहबी ५ स्थित बन्द अवस्थामा रहेको लुन करण दास गंगा देबि चौधरी च्यारिटी अस्पतालमा कोरोना भाइरसको आसंका लागेकाहरुलाई रेफर गर्नकालागी बनाउन सुरु गरेको क्वारेन्टाइन
सो अस्पताल छेउका स्थानीयहरुले अबरोध गरे पछि न बन्ने भएको छ ।

दुहबीका स्थानीय र जन प्रतीनिधिबिच भएको छलफलमा स्थानीयहरुले क्वारेन्टाइन घना बस्तिको बिचमा न राखेर अलग्गै ठाउँमा राख्नु पर्नेमा जोड दिदै बन्द रहेको अस्पतालमा बनाउन न दिने
बताए ।

दुहबी नगर पालिकाका मेयर बेद नारायण गच्छदारले दुहबीवासिको स्वास्थ्यलाई ध्यान राख्दै दुहबीमा कसैलाई कोरोना भाइरसको आसंका देखिन साथ आइसोलेसनमा रेफर गर्नकालागि बनाउन लागिएको क्वारेन्टाइन स्थानीयले बिरोध गरेपछि अन्य ठाउँमा बनाउने तयारी थाल्ने बताउनुभयो ।

मेयर गच्छदारले दुहबी ८ स्थित स्वास्थ्य चौकीमा रहेको एम्बुलेन्सलाई दुहबीवासीको लागि तयारी अवस्थामा राख्न दुहबी नगर स्वास्थ्य प्रमुखलाई निर्देशन दिनु हुँदै दुहबीवासीलाई कोरोना भाइरसको जोखिमबाट जोगाउन विभिन्न योजनाहरु सुरु गरि सकेको जनाउनु भयो ।

प्रकाशित मिति: Mar 26, 2020

प्रतिक्रिया दिनुहोस्