Logo
७ बैशाख २०८१, शुक्रबार
(March 25, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डडेल्धुरामा भारतबाट फर्केका ९५ जनालाई क्वारेन्टाइना राखिँदै

सुदुरपश्चिम प्रदेश स्थित डडेल्धुरा जिल्लामा भारतबाट फर्केका ९५ जनालाई जिल्ला प्रशासन कार्यालय डडेल्धुराले क्वारेन्टाइमा राख्न जिम्मा लगाएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताए ।

मङ्गलबार सुदूरपश्चिम प्रदेशको गौरीफन्टा र गड्डाचौकी नाकाबाट आएका डडेल्धुरा जिल्लाका परशुराम नगरपालिकाका ३९, भागेश्वर गाउँपालिकाका १०, नवदुर्गा गाउँपलिकाका ११, गन्यापधुरा गाउँपालिकाका ९, अजयमेरु गाउँपालिकाका ५, अमरगढी नगरपालिका-१० का १० जना र वडा नं. ९ का ११ जनालाई स्थानीय तहको समन्वयमा सम्बन्धित पालिकामा पठाइएको डडेल्धुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी पन्तले जानकारी दिएका छन् ।

यस्तै पुरशुराम नगरपालिको त्रिवेणी बहुमुखी क्याम्पसमा ३९ जनालाई क्वारेन्टाइनमा राखिएको र अन्य पालिकाले पनि क्वारेन्टाइनमा राख्ने तयारी गरेको प्रजिअ पन्तले बताए ।

अहिलेसम्म कोरोनाको प्रभाव जिल्लामा नपरेको भए पनि मानसिक र सम्भावित सङ्क्रमणबाट जोगिन सरकार, स्थानीय प्रशासन र स्थानीय सरकारले गरेको अपिल मानिदिन उनले आग्रह समेत गरे । बेलाबेलामा आफू र आफ्नो परिवारको सरसफाइमा ध्यान दिन र घरमै बस्न आग्रह गरेका छन् ।

एक हप्ताको अवधिमा भारतबाट डडेल्धुरा फर्किएका १ हजार ५०० जनाको खोजी गरिँदै गरेको जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जनाएको छ ।

कुन ठाउँमा कतिजना मानिस जिल्ला भित्रिएका हुन् स्थानीय सरकारसँग समन्वय गरी वडा–वडामा स्थानीय जनप्रितिनिधि र स्वास्थ्यकर्मीलाई परिचालन गरी तथ्याङ्क सङ्कलन गरी सेल्फ होम क्वारेन्टाइनमा बस्न लगाइने प्रजिअ पन्तले बताए ।

केही वडामा अटेर गरी घरमा बस्न नमान्नेलाई प्रहरी परिचालन गरी सहयोग गरिएको अमरगढी नगरपालिका–९ का अध्यक्ष भीमबहादुर रोकाले जानकारी दिए । डडेल्धुरा जिल्लामा मङ्गलबार लकडाउन गरिए पनि आवतजावत रोकिएको थिएन ।

आज बिहानैदेखि पूर्णरुपमा लकडाउनको पालना भएको डडेल्धुरा जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए ।

प्रकाशित मिति: Mar 25, 2020

प्रतिक्रिया दिनुहोस्