Logo
४ बैशाख २०८१, मंगलबार
(March 25, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमेरिकाको न्युयोर्क राज्यमा ‘बुलेट ट्रेन’को गतिमा कोरोनाको सङ्क्रमण फैलिदैँ

युरेपेलीमुलुक अन्तरगत रहेको अमेरिकाको न्युयोर्क राज्यमा ‘बुलेट ट्रेन’को गतिमा कोरोना भाइरसको सङ्क्रमण फैलिरहेको पाइएको छ ।

मङ्गलबार पत्रकारसँग उनले सङ्क्रमणको दर सोचेकोभन्दा उच्च र चाँडो भइरहेको बताएका छन् । त्यहाँका गभर्नर एन्ड्रयु कोमोले कोरोना भाइरस ‘बुलेट ट्रेन’भन्दा तीव्र गतिमा फैलिरहेको भन्दै औषधि उपचारका सामग्रीको आपूर्तिका लागि अपिल गरेको बीबीसीले जनाएको छ ।

संघीय सरकारले आवश्यक सामग्री पठाउन नसकेको र चार सय भेन्टिलेटर पठाएकोप्रति पनि उनले आलोचना गरे ।
न्युयोर्कमा ३० हजार भेन्टिलेटरको खाँचो रहेकोमा अहिले त्यहाँ ७ हजार मात्र भेन्टिलेटर छन् ।

न्युयोर्कमा अहिलेसम्म २५ हजार जनालाई सङ्क्रमण भइसकेको छ भने २ सय १० जनाको मृत्यु भइसकेको छ ।

यस्तै अमेरिकाभरि अहिलेसम्म ५ सय ८२ जनाको मृत्यु भइसकेको छ भने ४६ हजारभन्दा धेरै सङ्क्रमित भएका छन् । चीनबाट सुरु भएको कोरोना भाइरसको महामारी युरोप र अमेरिकामा धेरै फैलिरहेको छ ।

प्रकाशित मिति: Mar 25, 2020

प्रतिक्रिया दिनुहोस्