Logo
१२ बैशाख २०८१, बुधबार
(March 25, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बर्दिबासमा संचालित होटल ‘पावन मिथिला’ क्वारेन्टाइनका लागि तयार

प्रदेश नं २ महोत्तरी स्थित बर्दिबासमा संचालित होटल ‘पावन मिथिला’लाई क्वारेन्टाइनका लागि प्रयोग गर्न सकिने भएको छ ।

प्रदेश २ को सरकारले आवश्यक परेको खण्डमा सो होटललाई क्वारेनटाइनका निम्ति प्रयोग गर्न सक्ने निर्जला राउतले बताएकी छन् ।

उनले होटलमा उपलब्ध वस्तुहरु प्रयोग गर्न सकिन्छ’ उनले भनिन् । राजपा नेपालकी वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य निर्जला राउतले आफ्नो होटेल ‘पावन मिथिला’लाई क्वारेन्टाइनका लागि प्रयोग गर्न सकिने गरी तयार गरेकी छन् ।

‘महामारीको यत्रो त्रास भइरहको बेलामा मैले आफ्नो तर्फबाट के योगदान गर्न सक्छु भन्ने सोचें’, उनले भनिन्, ‘त्यसपछि सो होटललाई नै क्वारेन्टाइनको रुपमा प्रयोग गर्न सकिन्छ भन्ने लाग्यो।

उक्त’ होटलमा ४५ वटा कोठाहरु र तीनवटा ठूला हलहरु रहेको राउतले बताइन्।

प्रकाशित मिति: Mar 25, 2020

प्रतिक्रिया दिनुहोस्