Logo
७ बैशाख २०८१, शुक्रबार
(March 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘जैवीक हतियार’ को रूपमा कोरोनालाई फैलाईएको भन्दै चीन विरुद्ध मुद्दा दायर

अमेरिकी एक वकिल ल्यारी क्लाम्यानले कोरोना भाइरस सिर्जना गरेको र फैलाएको भन्दै चीनविरुद्ध २० ट्रिलियन अमेरिकी डलरको मुद्दा दायर गरेका छन् ।

ल्यारीले ‘फ्रिडम वाच’ र ‘बज फ्रिडम’ले अमेरिकी टेक्ससस्थित जिल्ला अदालतमा यस्तो मुद्दा दर्ता गरेका हुन् । कोरोना भाइरसलाई चीनले ‘युद्धका लागि जैवीक हतियारको रुपमा डिजाइन गरेको’ कानुन व्यवसायी ल्यारीको आरोप छ ।

यसरी चीनले अमेरिकी कानुन, अन्तर्राष्ट्रिय कानुन, सन्धि तथा सम्झौताको उल्लंघन गरेको उनको दावी छ । कोरोना भाइरस पहिलो पटक चीनको वुहानमा भेटिएको थियो ।

जुन अहिले १ सय ८९ देशमा फैलिसकेको छ । साथै ३ लाख ३४ हजार संक्रमित छन् । साथै १४ हजार ५ सयको ज्यान गइसकेको छ ।

वकिल ल्यारीले आफ्नो मुद्दामा चीनले आम जनताको हत्या गर्न प्रभावकारी र विनाशकारी जैवीक हतियार बनाएको उल्लेख छ ।

 

प्रकाशित मिति: Mar 24, 2020

प्रतिक्रिया दिनुहोस्