Logo
१६ चैत्र २०८०, शुक्रबार
(March 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना भाइरस संक्रमणको नियन्त्रण, रोकथाम र उपचारका नाममा जथाभावी कोष खडा नगर्न निर्देशन

विश्वब्यापी बनेको कोरोना भाइरसको संक्रमण नियन्त्रण, रोकथाम र उपचारका लागि छुट्टै कोष खडा गर्न सरकारले रोक लगाएको छ ।

नोबल कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको समितिले सरकारी तहबाट यसअघि नै कोष खडा भइसकेको जनाउँदै अन्य कोष स्थापनामा प्रतिबन्ध लगाएको हो ।

विभिन्न संघसंस्थाले यसअघि नै विभिन्न कोष खडा गरेर रकम संकलन अभियान सुरु गरिसकेका छन् । ‘कोरोना संक्रमणको रोकथाम, नियन्त्रण र उपचारका लागि सहयोग पुर्याउन नेपाल सरकारले कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोष स्थापना गरिसकेको सन्दर्भमा सोही प्रयोजनका लागि अन्य कुनै निकाय वा संघसंस्थाले छुट्टै कोष स्थापना नगर्ने’ समितिको निर्णय नं. ७ मा भनिएको छ ।

तर, कतिपय संघसंस्थाले छुट्टै कोष खडा गरिसकेका छन् । तिनको हकमा चाहिँ आफूमातहतका संघसंस्था वा व्यक्तिबाट मात्र रकम जम्मा गर्नुपर्ने निर्णय समितिले गरेको छ । यसरी जम्मा भएको रकम नेपाल सरकारले स्थापना गरेको उपरोक्त कोषमा जम्मा भनिएको छ ।

‘कोषको राष्ट्रिय वाणिज्य बैंकमा रहेको खाता नं १९६०००००११०१ मा अनिवार्य रूपमा जम्मा गर्ने’ समितिको निर्णयमा भनिएको छ, ‘यसको जानकारी सार्वजनिक सूचना जारी गरी सबैलाई दिने ।’

प्रकाशित मिति: Mar 24, 2020

प्रतिक्रिया दिनुहोस्