Logo
११ बैशाख २०८१, मंगलबार
(March 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भरतपुर कोरोना अस्पतालको ‘आइसोलेसन’ मा राखिएका एक युवकको मृत्यु, कोरोना पुष्टि हुन बाँकी

बागमती प्रदेश स्थित चितवनको भरतपुरमा रहेको कोरोना विषेश अस्पतालमा उपचाररत एक युवकको मृत्यु भएको छ । उच्च ज्वरो र रुघाखोकीले ग्रसित बनेका वीरगञ्जका ३० बर्षका युवकको मृत्यु भएको हो ।

उनको आज मंगलबार विहान ७ बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालका उच्च अधिकारीले जानकारी दिए । उनीलाई कोरोना भएको आशंकामा आइसोलेसनमा राखिएको थियो, तर कोरोना संक्रमण भएनभएको रिपोर्ट आउन बाँकी छ ।

उनको शव अस्पतालमै राखिएको छ । उनलाई चितवन मेडिकल कलेजबाट रिफर गरेर केही दिन अघि कोरोना बिषेश अस्पतालमा पठाइएको थियो ।

उनको स्वाबको नमुना सोमबार नै संकलन गरिएको र मंगलबार विहान विमानबाट मात्र पठाइएको अस्पताल स्रोतले जनाएको छ ।

प्रकाशित मिति: Mar 24, 2020

प्रतिक्रिया दिनुहोस्