Logo
१३ बैशाख २०८१, बिहीबार
(March 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कर्मचारीलाई घरमै स्ट्यान्डबाई राख्दै भोलीदेखि अत्यावश्यक बाहेक सबै सरकारी कार्यालयहरु बन्द

कर्मचारीलाई घरमै स्ट्यान्डबाई राख्दै भोलीदेखि अत्यावश्यक बाहेक सबै सरकारी कार्यालयहरु बन्द रहने भएको छ ।

संघीय सरकारले कर्मचारीहरूलाई घरमा स्टयान्डबाई बस्ने गरी भोलिदेखि विदा दिने भएको हो ।

कोरोना भाइरसको संक्रमण रोकथाम लागि बनेको उच्चस्तरीय समितिले भोलिदेखि अत्यावश्यकबाहेकका सबै सरकारी कार्यालय बन्द गरेर कर्मचारी घरमै बस्ने निर्णय गर्न लागेको बताईएको छ ।

त्यसो हुँदा कोरोना भाइरसको रोकथामका लागि बनेका विभिन्न समितिमा रहेका कर्मचारीमात्र कार्यालय गए पुग्छ। ‘सिंहदरबारमा पनि उच्च तहका कर्मचारी आउनुहुन्छ। अरू घरमै स्टान्डबाई बस्नुहुन्छ,’ एक अधिकारी बताए ।

प्रकाशित मिति: Mar 23, 2020

प्रतिक्रिया दिनुहोस्