Logo
१३ बैशाख २०८१, बिहीबार
(March 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै भोलिदेखि दुहबी नपा बन्द

कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै भोलि देखि अति आवश्यक सेवा बाहेक दुहबी बन्द हुने भएको छ ।

कोरोना भाइरसको संक्रमणको जोखिम बढ्दै गएकोले भोलि देखि देखि चैत २१ गते सम्मकालागी दुहबीका उद्योग,कल कारखाना,ब्यापारीक प्रतिस्ठान, अती आवश्यक बाहेकका सम्पुर्ण पसलहरु,दैनिक तथा साप्ताहिक हाट बजार बन्द हुने भएको हो ।

नगरपालिकाको कार्यालयले जारी गरेको सूचना अनुसार नगर भित्र माछामासुको बिक्री वितरणमा पूर्ण रुपमा रोक लगाउने निर्णय गरिएको छ । नगर पालिकाले भोलि देखि उधोग कल कारखाना समेत बन्द गर्ने निर्नय गरेको हो ।

बैठकले नगरभित्र लाग्दै आएका सबै हटिया बन्द गराउने निर्णय समेत गरेको छ । भिडभाडका कारण संक्रमणको जोखिम बढ्ने भएकाले पूर्व सावधानीका लागि नगर भित्र लाग्दै आएका हटिया बन्द गर्ने निर्णय गरिएको दुहबी नगरपालिकाको कार्यालयले जनाएको छ ।

नगरपालिकाको निर्णयसँगै नगरभित्रका मदिरा पसलका साथै जिमहलहरु स्वतः बन्द हुने भएका छन् । बजारमा अति आवश्यक खाधान्न लगायत किनमेलका लागि पुग्ने सर्वसाधारण उपभोक्तालाई लक्षित गरी अनिवार्य साबुन पानीले हात धुने व्यवस्था मिलाउनु पर्ने जनाइएको छ ।

नगर प्रमुख बेद नारायण गछ्दारको नेतृत्वमा बसेको आपतकालिन बैठकले कोरोना भाइरसको संक्रमणबाट बच्न नगरमा सर्तकतासँगै थप कडाई थाल्ने निर्णय गरेको हो ।

नगरपालिकाले कोरोनाको बढ्दो त्रास र जोखिमसँगै सृजना हुन पुगेको विषम परिस्थितिमा सबै नगरवासीमाझ साथ र सहयोगको लागि आग्रह समेत गरेको छ ।

प्रकाशित मिति: Mar 23, 2020

प्रतिक्रिया दिनुहोस्