Logo
७ बैशाख २०८१, शुक्रबार
(March 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुहवीका सञ्चार गृहहरुको बैठक सम्पन्न,महत्वपूर्ण निर्णयहरु सार्वजनिक

दुहवीका सञ्चार गृहहरुको बैठक सम्पन्न गरी महत्वपूर्ण निर्णयहरु सार्वजनिक…
नेपाल पत्रकार महासंघले पत्रकार र सञ्चार माध्यमहरुकालागि दिएकोे सुचनालाई मध्ये नजर गर्दै दुहवी नगर भित्र रहेका सञ्चार गृहका सञ्चालकहरुको दुहवीमा सोमबार बैठक बसी विश्मा कोभिड–१९ (कोरोना भाइरस) को रुपमा संक्रमण हुने क्रम बढेकोले यस दुःखद घडीमा दुहवीका सञ्चरगृहहरुले महत्वपूर्ण निर्णयहरु गरेको छ ।
निर्णयहरुः
१. दुहवीका सम्पूर्ण सञ्चार गृहका सञ्चारकर्मीहरुलाई भिडभाडमा नपठाई आफु सुरक्षीत रहि सम्पूर्ण आफ्ना
सम्वादाताहरुलाई समाचार सम्प्रेसन गर्ने वातावरण मिलाउने
२. दुहवीका सम्पूर्ण सञ्चार गृहको कार्यलयहरुको प्रवेशद्धारमै सेनेटाइजर, साबुनपानीले अनिवार्य रुपमा हात धोएर मात्र
प्रवेश गराउने
३. एफ.एम, रेडियो तथा टि.भि.को हकमा समाचार बाहेक अन्य सम्पूर्ण कार्यक्रमहरु चैत्र २१ गते सम्म स्थगीत गर्ने
४. दुहवीका सम्पूर्ण प्रिन्ट मिडियाहरुका हकमा अवस्था हेरी आंशिक रुपमा प्रकाशन गर्ने ।
५. दुहवीका सम्पूर्ण सञ्चार गृहका सञ्चारकर्मीहरुलाई माक्स र सेनेटाइजर उपलब्ध गराई सञ्चारगृहको
कार्यलय तथा घरमै बसेर टेलिफोन र इन्टरनेटको माध्यमबाट काम गर्ने साथैे कसैले स–प्रमाण सहित समाचार
उपलब्ध गराए समाचार सम्प्रेशन गर्ने ।
६. सम्पूर्ण सञ्चार गृहरुले जनहितमा जारी जनचेतना मुलक कोभिड–१९ विरुद्धको सुचना अनिवार्य रुपमा
प्रबाह गर्ने । त्यसै गरी स्थानिय संघ सस्था, व्यक्ति, सरकारी कार्यालय लगायतको कोभिड–१९ (कारोना भाइरस)
विरुद्धको अभियानमा जनसमुदायलाई सहयोग गरिएको समाचार विशेष प्राथमिकताका साथ सम्प्रेशन गर्ने ।
कोचिला खबर राष्ट्रिय दैनिक दुहबी, कोचिला मिडिया प्रा.लि. दुहवी,दुहवी टाईम्स दुहवी, गुगल राष्ट्रिय दैनिक दुहवी

प्रकाशित मिति: Mar 23, 2020

प्रतिक्रिया दिनुहोस्