Logo
७ बैशाख २०८१, शुक्रबार
(March 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोनाको जोखिम कम नभएसम्म विद्युत महसुल ढिला तिर्दा जरिवाना नलाग्ने

काठमाडौं : ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले ग्राहकले समयमै महसुल भुक्तानी गर्न नसके उक्त अवधिको जरिवाना नलाग्ने बताएका छन् ।

नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत रहेका मन्त्री पुनको अध्यक्षतामा सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

महसुल काउन्टरहरुमा हुने भीडभाडका कारण संक्रमणको जोखिम उच्च हुने भएकाले अनलाइनबाटै महसुल भुक्तानीको व्यवस्था मिलाउन लागिएको हो ।

सरकारले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को सम्भावित संक्रमणको जोखिम कम नभएसम्म अनलाइनमार्फत विद्युत महसुल भुक्तानी गर्न ग्राहकहरुलाई अपिल गरेको छ ।

बैठकले जल तथा मौसम विभाग, नेपाल विद्युत प्राधिकरणले प्रवाह गर्दै आएका सेवामा कटौती नगर्ने तथा जलविद्युत र सिंचाइका निर्माणाधीन आयोजनाका काम नरोक्ने निर्णयसमेत गरेको छ ।

यस्तै मन्त्रालयले मातहतका सबै कार्यालयमा चिया बन्द गर्न आग्रह गरेको छ । चिया पिउँदा संक्रमणको जोखिम बढी हुने भएकाले तत्कालका लागि चिया कफी बन्द गर्न मन्त्री पुनले निर्देशन दिए ।

प्रकाशित मिति: Mar 23, 2020

प्रतिक्रिया दिनुहोस्