Logo
१६ चैत्र २०८०, शुक्रबार
(March 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रियसभा अध्यक्षको एक महिनाको पारिश्रमिक कोषमा

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोरोना भाइरसविरुद्ध जुध्न सरकारले बनाएको केन्द्रीय राहत कोषमा १ महिनाको पारिश्रमिक बराबरको रकम उपलब्ध गराउनुहुने भएको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त कोष स्थापनाको निर्णय गरेको थियो । सो कोषमा अध्यक्ष तिमिल्सिनाले आफ्नो एक महिनाको तलब दिने घोषणा गरेका हुन् ।

उनले संघीय संसद् सचिवालयको आर्थिक शाखालाई पत्रमार्फत आफ्नो १ महिनाको तलब कोषमा जम्मा गरिदिन निर्देशन समेत दिएका छन् ।

अध्यक्ष तिमिल्सिनाले सरकारको कोष बनाउने निर्णयको स्वागत गर्दै विश्वमा देखिएको सन्त्रासमा सबैले आआफ्नो क्षेत्रबाट सहयोग गर्न अपिल गरेका हुन् ।

उनले सरकारले कोरोनाबाट बच्नका लागि दिएका निर्देशनहरु पालना गर्न सबैलाई आग्रह समेत गरेको छ ।

प्रकाशित मिति: Mar 23, 2020

प्रतिक्रिया दिनुहोस्