Logo
१२ बैशाख २०८१, बुधबार
(March 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना भाइरसले कसलाई सजिलै शिकार बनाउँछ ? खानपिनमा विशेष ध्यान राख्नुहोस् !

विश्वयापि रुपमा फैलिएको कोरोना भाइरसले वृद्धलाई सजिलै शिकार बनाउँछ त्यसकारण खानपिनमा विशेष ध्यान दिनु साथै सतर्क हुनु आवश्यक हुन्छ ।

कोरोना भाइरसले कुनै पनि उमेरका मानिसहरुलाई सजिलै शिकार बनाइरहेको छ तर जो पहिले नै दम, मधुमेह, हृदय रोग आदि बाट पीडित छन् तिनीहरुलाई झन् छिटो शिकार गर्ने गर्छ ।

वृद्ध व्यक्तिहरुको रोग प्रतिरोध क्षमता कमजोर हुन्छ, त्यसैले तिनीहरू सजिलै संक्रमित हुन्छन् । कोरोना भाइरसबाट बच्न वृद्धहरूको विशेष ख्याल राख्नु महत्त्वपूर्ण हुन्छ ।

सकेसम्म घरमा बस्नु नै उचित मानिन्छ । सबैले शरीरको तापक्रममा ध्यान दिनु, बुढापाकाहरूलाई यसबारे अझ सजग रहनु आवश्यक हुन्छ ।

फ्लूको हल्का लक्षण देखेपछि डाक्टरसगँ सल्लाह लिनुपर्छ । ताजा खाना समयमा खानुपर्छ । टेक्नोलोजीको समर्थन गरी आफन्तहरूलाई व्यक्तिगत रूपमा भेट्नुको सट्टा उनीहरूलाई व्हाट्सएप, फेसबुक र स्काइपमा जस्ता प्रविधि अपनाउनु पर्छ ।

कोरोना भाइरसबाट बच्न सरसफाईमा विशेष ध्यान दिनु ,साबुनपानीले हात धोएर सानिटाइजर प्रयोग गर्नूपर्छ । फ्लूसँग लड्न अदुवा अत्यन्त प्रभावकारी हुन्छ । अदुवालाई पानीमा उमालेर अलिकति मह थपेर सेवन गर्नु राम्रो मानिन्छ ।

प्रकाशित मिति: Mar 23, 2020

प्रतिक्रिया दिनुहोस्