Logo
१५ चैत्र २०८०, बिहीबार
(March 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुहबी नगरपालिकालाई नेपाल अग्रवालसभाको सहयोग

नेपाल अग्रवाल सभा बिराटनगर तथा नेपाल अग्रवाल सभा दुहबीद्वारा दुहबी नगरपालिकालाई कोरोना भाइरस बिरुद्धको अभियानमा साथ दिनका लागि ३० हजार बराबरको हाथ धुने साबुन तथा मास्क हस्तान्तरण गरिएको छ । आइतवार दुहबी नगर प्रमुखको कक्षमै पुगेर साबुन तथा मास्क हस्तान्तरण गर्दै नेपाल अग्रवाल सभा बिराटनगरका अध्यक्ष देबकिनन्दन अग्रबालले सामाजिक दायित्व पुरा गर्ने उदेश्यले सहयोग गरेको बताउनुभयो ।

सो सामाग्री ग्रहण गर्दै दुहबी नगर प्रमुख बेद नारायण गच्छदारले सम्पुर्ण दुहबीवासिको तर्फबाट धन्यवाद ज्ञापन गर्नु हुँदै नेपाल कोरोना भाइरसको उच्च जोखिममा रहेकोेले सम्पुर्ण दुहबीवासीहरु भिडभाड हुने ईलाकाहरुमा न गइ सचेत भएर बस्नुपर्नेमा जोड दिनु भयो । दुहबी ५ स्थित बन्द अवस्थामा रहेको लुनकरण दास गंगादेबि च्यारिटी अस्पताल र दुहबी स्थित सुनसरी मोरङ सिंचाइ योजनाको भवनमा क्वारेन्टाइन बनाउने समेत उदघोष गर्नु भयो ।

उप प्रमुख सुनिता दाहाल शाह, प्रमुख प्रशासकीय अधिकृत बिनोद न्यौपाने, नेपाल अग्रवाल सभा दुहबीका पुर्ब अध्यक्ष टेकचन्द अग्रबाल बर्तमान अध्यक्ष सुभाष अग्रबाल लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: Mar 23, 2020

प्रतिक्रिया दिनुहोस्