Logo
१३ बैशाख २०८१, बिहीबार
(March 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बहराइनमा भेटियो ३ जना नेपालीमा कोरोना संक्रमण

खाडी मुलुक अन्तरगत रहेको बहराइनमा ३ जना नेपाली श्रमिकमा कोरोनाको सङ्क्रमण देखिएको छ । कोरोनाको शंका लागेका ६ जना श्रमिकमा गरिएको परीक्षणमा ३ जनामा पोजेटिभ देखिएको बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले उज्यालोलाई जानकारी दिए ।

अहिले सम्म बहराइनको स्वास्थ्य मन्त्रालयका अनुसार अहिले ३१० जनामा कोरोनाको सङक्रमण भएको छ । त्यसमध्ये १२५ जना निको भएका छन् भने १८४ जनाको उपचार भइरहेको छ  भने १ जनाको ज्यान गइसकेको छ ।

उनका अनुसार अरु ३ जनामा नेभेटिभ देखिए पनि उनीहरुलाई क्वारेन्टाइनमा राखिएको छ । बहराइन सरकारले जारी गरेको सुरक्षा सतर्कता पालना गर्न र कुनै समस्या भएमा नेपाली दूतावासमा सम्पर्क गर्न राजदूत सुन्दारले आग्रह गरे ।

सुरक्षा सतर्कता अपनाउने र बहराइन सरकारले सबै विदेशी नागरिकलाई आफ्नै नागरिक सहर उपचार व्यवस्था गरेकाले नडराउन र नआत्तिन पनि उनको आग्रह रहेको छ ।

प्रकाशित मिति: Mar 22, 2020

प्रतिक्रिया दिनुहोस्