Logo
१३ बैशाख २०८१, बिहीबार
(March 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पोर्चुगल अवैतानिक दूतावासले अप्ठ्यारोमा परेका नेपालीलाई सहयोग गर्ने

पोर्चुगलका लागि नेपाली अवैतानिक वाणिज्यदूत मकर बहादुर हमालले कोरोना सङ्क्रमणबाट बच्न नेपालीलाई सतर्कता अपनाउन आग्रह गरेका छ ।

शनिबार वक्तव्य जारी गर्दै उनले पोर्चुगल सरकारले जारी गरेको आपत्कालीन घोषणाको आचारसंहिता पालना गरी सुरक्षित रहन सम्पूर्णलाई आह्वान गरेको हो ।

यस अवधिमा पोर्तुगलमा रहने नेपाली दिदिबहिनी तथा दाजुभाइमा आइपर्ने स्वास्थ्य समस्या तथा आपत्विपत्मा सहयोग र परामर्शका लागि नेपाली अवैतानिक दूतावास लिस्बन पोर्चुगलको मोबाइल नम्बर ९६९१९०९१९ मा सम्पर्क गर्नसमेत अनुरोध गरिएको छ ।

एनआरएनए पोर्चुगलले पनि विक्रमजङ्ग कुँवरको नेतृत्वमा सहायता कक्ष सञ्चालन गरेको छ

प्रकाशित मिति: Mar 22, 2020

प्रतिक्रिया दिनुहोस्