Logo
१५ चैत्र २०८०, बिहीबार
(March 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अडियो काण्डमा हात उठाउँदै राजकिशोर यादवले भने-‘पुष्टि भए राजनीतिबाटै सन्यास लिन्छु’

राजपा अध्यक्षमण्डलका सदस्य राजकिशोर यादवले बजारमा सुनिएको अडियो काण्डमा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन् ।

उनले भनेका छन् यदि पुष्टि भए म राजनीतिबाट नै सन्यास लिनेछु । नागरिक टाइम्स मार्फत शेखर सिंहले करोडौं दिएर राष्ट्रियसभा सांसद बनेको भनिएको प्रकरणमा उनी पनि मुछिएपछि त्यस्तो धारणा अघि सारेका हुन् ।

उनको धारणा जस्ताको त्यस्तै :

आज केहि अनलाइन मेडियामा आएको सम्वाद टेप प्रती मेरो गम्भीर ध्यानाकर्षण भएको छ। गुड्डु सिंहले सम्वादमा म सङ कुराकानी भएको कुरामा कुनै सत्यता छैन। टेलिफोनमा मात्र हैन विगत छ महिना देखि न त कुनै किसिमको भेटघाट र फोन सम्वाद भएको छैन। त्यसैले यो नितान्त मेरो राजनितिक चरित्र हत्या गर्ने गन्ध आएको देखिन्छ। सम्वादमा रहेका अन्य दुई जना सङ मेरो कुनै चिनजान र आज सम्म भेटघाट भएको छैन। यदि कसैले पनि मेरो सम्वाद भएको पुष्टि गरेमा म राजनिती बाट सन्यास लिने प्रतिबद्धता गर्दछु र मेरो गरिमा लाई कसैले षडयन्त्रपुर्ण तरिकाले बदनाम गरे कानुनी कार्वाही गर्न बाध्य हुनेछु।

 

प्रकाशित मिति: Mar 20, 2020

प्रतिक्रिया दिनुहोस्