Logo
१३ बैशाख २०८१, बिहीबार
(March 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१२ वर्ष अघि नै सिल्भिया ब्राउनी द्वारा कोरोना भाइरसबारे भविष्यवाणी

विश्वयापी महामारी रुपमा फैलिएको कोरोना भाइरसबारे  १२ वर्ष अघि  नै सिल्भिया ब्राउनी द्वारा भविष्यवाणी गरीएको थियो । उनको भविष्यवाणी धेरै सत्य सावित भएका छ ।

भविष्यवाणी मिलाउने भएकाले उनलाई भेट्न सँसारका शक्तिशाली मानिसहरु पनि पुग्थे । उनीसँगको भेट निकै महँगो थियो । उनीसँग कुरा गर्न पनि ठूलो धनराशी खर्च गर्नुपथ्र्यो ।

उनीसँग ३० मिनेट प्रश्न गरेर उत्तर पाउन हरेक मानिसले ७०० डलर तिर्नु पर्थियो । उनको आयस्रोत नै यही थियो । उनी कतिपय टेलिभिजन शोमा पनि सहभागी हुन्थिन् ।

यसबाहेक उनको पुस्तक बढी बिक्ने मध्येका थिए ।  उनका पुस्तकमध्ये सिक्रेट्स एन्ड मिस्ट्रिज अफ दी वल्र्ड, इफ यु कुड सी ह्वाट आई सी, इन्साइट र इन्ड अफ डेज बढी विक्री भएकामा पर्छन् ।

इन्ड अफ द डेमा नै उनले सन् २०२० मा निमोनिया जस्तै रोग फैलन लेखेकी थिइन् । त्यसको रोयल्टी वापत् पनि  उनी धन आर्जन गर्थिन ।

१९ अक्टोबर सन् १९३६ मा जन्एिकी ब्राउनीको अलौकिक शक्ति तीन वर्षकै उमेरदेखि देखिएको उल्लेख छ । न्युयोर्क टाइम्सका अनुसार उनका ४० पुस्तक प्रकाशित छन् ।

उनले ४० वर्षमा अंग्रेजी विषयमा स्तानक गरेकी थिइन् ।ब्राउनीको सन् २००८ मा प्रकाशित इन्ज अफ डेज पुस्तकमा निमोनिया जस्तै खतरनाक रोग सन् २०२० मा फैलन भनिएको थियो ।

पुस्तकमा फोक्सोमा असर गर्ने र निमोनिया जस्तै रोगको संक्रमण फैलन भनिएको थियो । यस्तो भविष्यवाणी गरिएको पुस्तक लेख्ने लेखिका सिल्भिया ब्राउनी हुन्।

भविष्यवाणी गरिएको पुस्तक प्रकाशित भएको अर्को वर्ष नै ब्राउनीको ७७ वर्षको उमेरमा निधन भएको थियो । उनी आफूलाई अलौकिक शक्ति भएको नारी मान्थिन् ।

भविष्यवाणी गर्ने ब्राउनीले ४० पुस्तकहरु प्रकाशित गरिन् । जसमध्ये भविष्यको बारेमा बढी उल्लेख थियो र बढी विक्री भएकामध्ये पर्दथे । भविष्यवाणी गरिएका पुस्तक लेख्थिन् र आध्यात्मिक पुस्तक लेखेर करोडौं कमाइ गर्थिन् ।

 

 

 

प्रकाशित मिति: Mar 20, 2020

प्रतिक्रिया दिनुहोस्