Logo
४ बैशाख २०८१, मंगलबार
(March 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कतारले निषेध गरेको क्षेत्रमा कुनैपनि नेपालीलाई नजान दूतावासको आग्रह

कतारस्थित नेपाली दूतावासले कतार सरकारले जारी गरेको सबै प्रकारका निर्देशनहरुको अक्षरश पालना गर्न त्यहाँ रहेका नेपाली समुदायलाई आग्रह गरेको छ । नेपाली दूतावास (दोहा)ले विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो ।

“कतार सरकारले तोकेका निषेधित क्षेत्रहरुमा नजान वा भेला नहुन, श्रमिकहरुको आवासीय क्षेत्रको आसपास सप्ताहन्तलगायत अन्य समयमा अवैधरुपमा पसल राखी सामानहरुको किनबेच गर्ने पाइएको र सो कुरालाई कतार सरकारले बन्देज गरेको हुँदा कम्पनीको आधिकारिक व्यक्तिसँग तोकिएको संख्या (२ जना) मा आधिकारिक स्थानहरुबाट मात्र किनमेल गर्नुहुन,” जारी विज्ञप्तिमा भनिएको छ ।

“कोरोनाभाइरसको संक्रमणको जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यले कतार सरकारले अपनाएका सबै प्रकारका उपायहरुको अवलम्बन गर्नु–गराउनु, जारी गरेका निर्देशनहरुको पालना गर्नु–गराउनु हामी सबैको कर्तव्य हो,” विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति: Mar 17, 2020

प्रतिक्रिया दिनुहोस्