Logo
१५ चैत्र २०८०, बिहीबार
(March 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज प्रदेश २ को नाम तोकिदै : ‘मधेश प्रदेश’ र ‘मध्यमधेश’ मा मतदान, हेर्नुस् प्रदेशसभा बैठक Live

प्रदेश नम्बर-२ मा आज नामाकरण र राजधानी तोकिँदैछ। सर्वसम्मत नभएपछि मतदानबाट नाम र राजधानी तोक्न लागिएको हो। प्रदेश सरकारमा सत्तापक्षले मधेश प्रदेश, मध्यमधेश राख्न र राजधानी जनकपुर राख्न आफ्ना सांसदलाई ह्वीप लगाएको छ।

अहिले प्रदेशसभा सदस्यहरूले आफ्नो धारणा राखिरहेका छन्। नाम र राजधानी तोक्न प्रदेशसभाको दुईतिहाइ मत चाहिन्छ। नेपाल कम्युनिष्ट पार्टीले प्रदेशको नाम जानकी राख्न माग गरेको छ।

उसले राजधानी जनकपुर नै उचित हुने बताएको छ। नेपाली कांग्रेसका सांसदले प्रदेशको नाम मिथिला भोजपुरा राख्न माग गरेका छन्।राजधानी जनकपुर राख्न कांग्रेस सहमत छ।

प्रदेशसभामा समाजवादीको ३०, राजपा २५, नेकपा ३२, कांग्रेस १९, नेपाल संघीय समाजवादीको एक सांसद छन्।

प्रतिक्रिया दिनुहोस्