Logo
८ बैशाख २०८१, शनिबार
(March 16, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोनाको त्रासले बैजनाथ मन्दिर आउने भारतीय श्रद्धालु भक्तजन घटे

कञ्चनपुर : कोरोना भाइरसको संक्रमण र त्रासले भीमदत्त नगरपालिका-९ ब्रमहदेवस्थित सिद्धनाथ बैजनाथ मन्दिर आउने भारतीय श्रद्धालु भक्तजन घटेका छन्। तीन महिनासम्म सञ्चालन हुने पूर्णागरी मेलामा सहभागी हुने श्रद्धालुहरूले बैजनाथ मन्दिर दर्शनका लागि पुग्नैपर्ने धार्मिक मान्यता रहेको छ।

विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरस(कोभिड १९) को त्रासका कारण विगतका वर्षहरुको तुलनामा श्रद्धालुहरुको संख्या निकै कम रहेको छ। भारत सरकारले भिड हुने क्षेत्रमा आफना नागरिकलाई नजान आग्रह गरेपछि भक्तजन कम आउन थालेको मन्दिरका कारिन्दाहरूको भनाइ छ।

सीमा क्षेत्रमा स्वास्थ्य जाँच नेपाल-भारत सीमा क्षेत्रमा दुवै देशका स्वास्थ्यकर्मीका टोलीले सीमा क्षेत्र भएर आवतजावत गर्नेहरुलाई चेकजाँच गर्दै आएका छन्। भारतमा रहेको पूर्णागिरीमाताको दर्शनपछि नेपालको रहेको सिद्धनाथ बैजनाथको दर्शन गरे मात्रै यात्राको सार्थकता हुने जनविश्वासका कारण भारतीय दर्शनार्थीको फागुन महिनादेखिनै आउन शुरु गर्दछन्।

गड्डाचौकी नाका भएर आवतजावत गर्ने यात्रुहरूले अनिवार्यरूपमा मास्क लगाउनुपर्ने नियम बनाइए पनि पूर्णागिरिको दर्शनपछि बैजनाथको दर्शनका लागि पुग्ने यात्रुहरुका लागि भने मास्क लगाउन अनिवार्य नगरिँदा स्वास्थ्य चुनौती देखिएको छ।

 

प्रकाशित मिति: Mar 16, 2020

प्रतिक्रिया दिनुहोस्