Logo
१६ चैत २०७६, आइतबार
(March 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना प्रभाव : सिप्यान क्रिकेट अवार्ड स्थगित

क्रिकेट खेलाडी सङ्घ नेपाल (सिप्यान) ले यही चैतमा प्रदान गरिने भनिएको ‘सिप्यान क्रिकेट अवार्ड’ तत्कालको लागि स्थगन गरिएको छ । कोरोना भाइरसका कारण तत्कालको लागि अवार्ड कार्यक्रम स्थगन गरिएको सिप्यानद्वारा आज जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

नेपाली क्रिकेट खेलाडीको प्रदर्शन र खेल कौशललाई मूल्याङ्कन गरी पुरस्कृत गर्दै लैजाने लक्ष्य लिएको उक्त अवार्ड यही चैत २१ गते वितरण गर्ने तय भएको थियो ।

विभिन्न ५ विधामा प्रदान गरिने अवार्डमा वर्ष क्रिकेट खेलाडी पुरुष र महिला, वर्ष उदीयमान, उत्कृष्ट क्षण र लाइफटाइम्स अचिभमेन्ट अवार्ड प्रदान गर्ने तयारी थियो ।

वर्ष क्रिकेट खेलाडी पुरुष र महिलाले जनही १ लाख ३२ हजार प्राप्त गर्ने छन् भने अन्य विधाको खेलाडीले रु ६६ हजार प्रदान गरिने सिप्यानका अध्यक्ष मनिषराज पाण्डेले जानकारी दिए । उनले अनुकूल परिस्थिति सिर्जना हुने वित्तिकै अवार्डको नयाँ मिति सार्वजनिक गर्ने बताए ।

प्रकाशित मिति: २ चैत्र २०७६, आईतवार १५:०५

प्रतिक्रिया दिनुहोस्