Logo
१६ चैत्र २०८०, शुक्रबार
(March 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संयुक्त सर्भे टोलीले नेपाली भूमिमा सीमा स्तम्भ गाडेको भन्दै स्थानीयले गरे तोडफोड

कञ्चनपुरको वेलडाँडीमा नेपाली भूमिमा सीमा स्तम्भ गाडिएको भन्दै स्थानीयले तोडफोड गरेका छन् । नेपाल-भारत संयुक्त सर्भे टोलीले बेलडाँडी गाउँपालिका ३ वैवाह क्षेत्रमा निमार्ण गरेको पिल्लर स्थानीयले तोडफोड गरेका हुन् ।

बेलडाँडी गाउँपालिका ३ वैवाह क्षेत्रमा नेपाल भारत संयुक्त सर्भे टोलीले निर्माण गरेको ७८३ नम्बर पिल्लरको ४ नम्बर सहायक स्तम्भ स्थानीयले हतौडा र ढुङ्गा प्रहार गरेर शनिबार तोडफोड गरेका छन् ।

साढे पाँच दशकदेखि बस्दै आएको उक्त वस्तीका स्थानीयको जमिन भारतमा परेपछि विवाद हुँदै आएको थियो । विवादकाबीच पिल्लर गाडिएपछि स्थानीय आक्रोशित भएका हुन् ।

नेपालीको लालपुर्जा रहेको जमिनमा सीमा स्तम्भ गाडेको भन्दै स्थानीय आक्रोशित भएका हुन् । नेपाली काँग्रेस कञ्चनपुरका सभापति हरिप्रसाद बोहरा, पूर्व सांसद दिवान सिह विष्ट, बहादुर सिह थापा सहितको टोलीले शनिवार सीमा क्षेत्रको अनुगमन गरेको थियो । अनुगमनका क्रममा स्थानीयले भारतले सीमा मिच्न लागेको भन्दै उक्त सीमा पिलर तोडफोड गरेका हुन् ।

नेपालीको जमिनमा एउटा सीमा पिलर गाडिएको र अर्को गाड्नका लागि तयारी अवस्थामा राखेको देखिएपछि जनताले आक्रोश पोखेको कांग्रेसले जनाएको छ । स्थानीयले सरकारले सीमा सुरक्षा गर्न नसकेको भन्दै बिरोध समेत गरेका छन् ।

कांग्रेस नेताहरुले रोक्ने प्रयास गरेपनि आक्रोशत भिडले सीमा पिलर फोडेको बताएका छन् । सीमा पिलर तोडफोड भएपछि सो क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ ।

संयुक्त सर्वे टोलीले उक्त क्षेत्रमा सीमा पिलर गाड्नका लागि खाल्डो खन्न सुरु गरेपछि नै स्थानीयले विरोध गर्दै आएका थिए । सोही कारण सर्भेको काम रोकिएको थियो । संयुक्त टोली सो क्षेत्रमा काम गर्न छाडेर कैलालीको खगौला नाकातर्फ गएको छ ।

प्रकाशित मिति: Mar 15, 2020

प्रतिक्रिया दिनुहोस्