Logo
६ बैशाख २०८१, बिहीबार
(March 14, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

केहिदिनका लागि कैदी-बन्दी रिहाको तयारी : देशभरका कारागारमा सतर्कता, भेटघाटमा कडाइ

कोरोना भाइरस संक्रमणमा जोखिमका कारण देशभरिका कारागारमा सतर्कता बढाइएको छ । जेलभित्र एकजनालाई संक्रमण भएमा केही दिनमै धेरैलाई फैलन सक्ने भएकाले भेटघाटमा कडाइ गरिएको छ । कारागार व्यवस्था विभागले देशभरिका जेलमा यससम्बन्धी सतर्कता बढाएको छ ।

‘तत्कालका लागि कैदी/बन्दीहरूको सरुवा रोकेका छौँ,’ कारागार व्यवस्था विभागका निमित्त महानिर्देशक देवेन्द्र लामिछानेले भने, ‘भेटघाटमा पनि कडाइ गरिएको छ ।’ कैदी/बन्दीलाई भेट्न जाने उनीहरूका आफन्तहरूलाई मास्क तथा पन्जा प्रयोग गर्न लगाइने उनले बताए ।

अत्यावश्यक कामबाहेक भेटघाटमा जेल प्रशासनले कडाइ गरेको छ । जेलहरूमा थर्माेमिटरगन तथा स्यानिटाइजरलगायत स्रोत र साधनको भने अभाव रहेको निमित्त महानिर्देशक लामिछानेले बताए ।

भाइरस संक्रमणको जोखिमका कारण इरानमा केही समयका लागि कैदीहरूलाई रिहा गरिएको छ । नेपालमा पनि केहि दिनलाई कैदी-बन्दीलाई रिहा गरिनेबारे छलफल चलीरहेको श्रोतको दावी छ ।

प्रकाशित मिति: Mar 14, 2020

प्रतिक्रिया दिनुहोस्