Logo
७ बैशाख २०८१, शुक्रबार
(March 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो क्वारेन्टाइनमा

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो कोरोना संक्रमणको आशंकामा क्वारेन्टाइनमा बसेका छन् । रुगानीलाई कोरोना भाइरस संक्रमण देखिएसँगै युभेन्टसले आफ्ना सबै खेलाडीलाई क्वारेन्टाइनमा बस्न भनेको छ ।

इटालीको सिरिए लिगअन्तर्गत युभेन्टसबाट व्यावसायिक फुटबल खेलिरहेका रोनाल्डो सहकर्मी ड्यानियल रुगानीलाई कोरोना संक्रमण पुष्टि भएपछि चिकित्सकको सल्लाहमा घरमै क्वारेन्टाइनमा बसेका हुन् ।

गत आइतबार सिरिए लिगमा दर्शक रहित रंगशालामा युभेन्टस र इन्टरमिलानबीच भएको प्रतिस्पर्धामा रोनाल्डोले रुगानीसँग ड्रेसिङ रुम सेयर गरेका थिए ।

प्रतिस्पर्धी इन्टरमाथि प्रभावशाली जित निकालेपछि युभेन्टसका खेलाडीले रुगानीसँग खुसी मनाएका कारण अन्य खेलाडीलाई संक्रमण हुन सक्ने आशंका गरिएको हो । कोरोना भाइरसका कारण इटालीमा ३ अप्रिलसम्म सबै खेल स्थगित गरिएको छ ।

स्पेनिस लालिगामा रियल म्याड्रिडका सबै खेलाडी क्वारेन्टाइनमा बसेका छन् ।

प्रकाशित मिति: Mar 13, 2020

प्रतिक्रिया दिनुहोस्