Logo
७ बैशाख २०८१, शुक्रबार
(March 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालगंजमा ५ दिने ‘मानव अधिकार सम्बेदनशील पत्रकारिता’ तालिम

प्रदेश ५ स्थित मानव अधिकार संरक्षण तथा प्रवद्र्धन केन्द्र (हुरीपप) को आयोजना तथा नेपालगंज उपमहानगर पालिका वडा नं. ४ को आर्थिक सहयोगमा ‘मानव अधिकार सम्बेदनशील पत्रकारिता’ बिषययक तालिम बिहिबारबाट नेपालगंजमा सुरु भएको छ ।

समाचार के हो, कसरी लेख्ने र पत्रकारले समाचार तथा समाचारजन्य सामाग्री तयार पार्दा मानव अधिकारको पक्षलाई कहाँ र कसरी समेट्नुपर्छ ? भन्ने विषयलाई प्रमुख प्राथमिकतामा राखेर तालिम आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ ।

तालिममा नेपालगंज वडा नं. ४ का १५ जनाको सहभागिता रहेको छ । पत्रकारितामा पोख्त भइ नसकेको । मानव अधिकारसँग सम्बन्धित समाचार वा फिचरहरु लेख्ने इच्छा भए पनि मानव अधिकारलाई ख्याल गरेर समाचार लेख्ने तरिका यि यि हुन भनेर कसैबाट नसिकेको ।

यसकारण हुरीपपकै पहलमा समाचारजन्य सामाग्री तयार पार्दा मानव अधिकारको पक्षलाई कसरी ख्याल गर्नुपर्ने हो ? भनेर तालिम नै लिन पाउनु मेरा लागि एउटा महत्वपूर्ण अवसर भएको सहभागि बिनिता खडकाले बताउनु भयो ।

हुरीपपका उपाध्यक्ष मोहम्मद ज्याउल हकको अध्यक्षमा सुरु भएको कार्यक्रममा प्रमुख अतिथि नेपालगंज उपमहानगरपालिका वडा नं. ४ का अध्यक्ष मोहम्मद सफिक बेहनाले, स्वभावैले मनमा अनेकन जिज्ञाशाहरु होलन ।

मानव अधिकार र पत्रकारिता एक अर्कामा कति अन्तरसम्बन्धित छन ? यसको ब्याख्या र विश्लेषण अग्रजहरुबाट कसरी होला ? सामान्यतः मानव अधिकार भनेको मानवले जन्मेदेखी मृत्युसम्म पाउने सम्पुर्ण अधिकार भन्ने आम बुझाई । मेरो पनि यहि हो ।

उहाँले,मानव अधिकार प्रत्याभूतीमा पत्रकारिता जगतले भूमीका खेल्छ भन्ने थाहा छ तर, कसरी कतिसम्म ? अग्रजबाट सुन्ने चाहना सबैको होला ।

मानव अधिकार जीवनको एक नैसर्गिक पाटोको रुपमा संसारभर चित्रित भइसकेकोले आफनो वडाले मानव अधिकार संग जोडर पत्रकारीता तालिमको आयोजना गरेको र निकट भविष्यमा मानव अधिकार निमार्ण गरेर सार्बजानिक गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

वडा नं. ४ का सचिव गौरी कुमारी शाहीले,मानव अधिकारको आधारभूत मूल्य मान्यतालाई केन्द्रविन्दुमा राखेर पत्रकारिता गर्दा मात्रै नेपालले मानव अधिकारप्रति गरेको अन्तराष्ट्रिय प्रतिबद्धता र नेपालको संविधानले सुनिश्चित गरेका अधिकारहरु प्राप्त गर्नको लागी अझ सहज हुन बताउनु भयो ।

पत्रकारले नै आवाज उठाएर मानव अधिकार कार्यान्वयन र संविधानले कल्पना गरेका मौलिक हक कार्यान्वयनमा भूमीका खेल्न सक्ने जिकिर गर्नु भयो ।

नेपालगंज उपमहानगर पालिकाकि कार्यपालिका सदस्य एंव वडा नं. ४ का सदस्य इन्द्राकार्कीले समाज जति शिक्षित विकशित हुँदै गयो मानव अधिकारका क्षेत्र उति फराकिलो हुँदै गएको पनि आभास हुन्छ ।

पत्रकारितामा मानव अधिकार ‘बिट’ चलेको त धेरै नै भइसक्यो । अब मानव अधिकार बिट भित्र पनि क्षेत्रगत भन्न थलिसकिएको छ । मानव त्यसकारण निष्पक्ष भएर पत्रकारीता गर्न तर्फ अग्रसर हुन सुझाव दिनु भएको थियो ।

यस्तै वडा सदस्य मेनका बैद्यले पत्रकारीतालाई भर्याङको रुपमा प्रयोग गर्नेहरुको हालिमुहाली बढिरहेको उल्लेख गर्दै त्यसलाई चिर्ने गरि तथ्यमा आधारित निष्पक्ष पत्रकारिताको आवाश्यकतामा जोड दिनु भएको थियो ।

काचुली मिडियाका सम्पादक गजेन्द्र गुरुङले पत्रकारीता मार्फत समाज परिवर्तन सम्भव रहेको बताउदै यसका लागी खोजमुलक पत्रकारीतामा पत्रकारहरुको चासो बढ्नु आवाश्यक रहेको तर्क गर्नु भएको थियो ।

तालिमका प्रशिक्षक एंव रेडियो मोर्निङ स्टारका स्टेशन प्रमुख डक्ट धितालले सहभागीहरुलाई तालिमको भरपुर उपयोग गर्न सझाव दिनु भयो । तालिममा सिकेका कुराहरुलाई व्यवहारमा प्रयोग गर्न सके मात्र उलब्धि प्राप्त गर्न सकिने उहाँको तर्क थियो ।

हुरीपपका उपाध्यक्ष मोहम्मद ज्याउल हकले पाँच दिनको तालिममा मानव अधिकार उलंघनका घटना स्थानीय स्तरमा छन् भन्ने चेत गराएको छ । जसलाई बहसमा ल्याउने प्रण सायद तालिममा सहभागि सबैले गर्नु हुने छ ।

सक्रिया सहभागिताका लागि शुभकामना दिनु भएको थियो । नेपालगंजमा जारी तालिममा रेडियो मोर्निग स्टारका स्टेशन प्रमुख डक्ट धितालले समाचार के हो ?

समाचार संकलनका विषयमा सहजिकरण गर्नु भएको थियो भने थर्ड एलायन्सका प्रमुख आलम खान मानव अधिकार र पत्रकारीता विचमा के फरक छ सो का विषयमा सहजिकरण गर्नु भएको थियो ।

तालिम अवधी भरी पत्रकार संकर खनाल,बरिष्ट पत्रकार निरज गौतम, कमल विक निर्मोही,डक्ट धिताल, मधु शाही, प्रशान्त कुमार बिक, आशीष गुप्ताले पत्रकारीता र मानव अधिकारका विभिन्न विषयमा प्रशिक्षण प्रदान गर्नु हुनेछ ।

तालिमको उदघाटन सत्रमा वडा सदस्य जय पत्राकोरीको समेत सहभागिता रहेको थियो ।

प्रकाशित मिति: Mar 12, 2020

प्रतिक्रिया दिनुहोस्