Logo
८ बैशाख २०८१, शनिबार
(March 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थाह पाइराख्नुस् : सेक्स वा किस गर्दा कोरोना भाइरस सर्छ कि सर्दैन ?

सेक्स वा किस गर्दा कोरोना भाइरस सर्छ कि सर्दैन ? यसबारे जिज्ञासा राख्नेको संख्या दिनानदुन बढ्दो मात्रामा रहेको छ ।  कोरोना भाइरस कपालको रौंभन्दा ९ सय गुणा सानो हुन्छ ।

यसकारण यसले मानिसलाई सजिलै आफ्नो सिकार बनाउँन सक्छ । कोरोना भाइरस विश्वका ८० देशमा फैलिइसकेको छ । आखिर कोरोना भाइरस कसरी फैलिन्छ ?

कोरोना भाइरस कुनै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्छ । विश्व स्वास्थ्य संगठनका प्रवक्ताका अनुसार कोरोना भाइरसबाट पीडित व्यक्तिभन्दा कम्तीमा पनि तीन फिट टाढा रहनुपर्छ ।

तर द सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले जारी गरेको सूचनामा पीडितभन्दा ६ फिट टाढा रहनुपर्ने उल्लेख छ । बस, रेल या कुनै सार्वजनिक स्थलमा कोरोना भाइरस भएमा त्यहाँबाट फैलिने खतरा हुन्छ ।

हङकङको सेन्टर फर हेल्थले एक बौद्ध मन्दिरमा आएका केही श्रद्धालु यसैकारण कोरोना संक्रमित भएको बताएको छ । कुनै कोरोना पीडित व्यक्ति आफैंले हातले खाना खाएको वा कम ठाउँमा धेरै मानिस खाना खान जम्मा भएमा पनि कोरोना भाइरस फैलिने खतरा हुन्छ ।

यद्यपि तातो खानामा कोरोना भाइरस निष्क्रिय हुनसक्छ । विश्व स्वास्थय संगठन (डब्लुएचओ) ले कोरोना भाइरस ‘सेक्सुअल ट्रान्समिटेड डिजिज’ अर्थात यौन सम्बन्धबाट सर्ने रोग होइन ।

त्यसकारण यौन सम्बन्ध राख्दैमा कोरोना भाइरस सर्दैन । तर यौन सम्बन्धका क्रममा जुन यौन क्रिडा हुन्छ, त्यो निकै खतरनाक हुनजान्छ । पीडित व्यक्तिलाई किस गरेको खण्डमा कोरोना भाइरस सर्ने अधिक सम्भावना हुन्छ ।

प्रकाशित मिति: Mar 12, 2020

प्रतिक्रिया दिनुहोस्