Logo
१९ चैत २०७६, बुधबार
(March 8, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मेलिना राईको गीत ‘पूर्वदेखि पश्चिमसम्म…!’ सार्वजनिक

लोकप्रिय गायिका मेलिना राईको स्वरमा रहेको गीत ‘पूर्वदेखि पश्चिमसम्म…’ सार्वजनिक भएको छ । हिराकाजी थापाकोे शब्द, रोशन गुरुङको सङ्गीत र नोर्वु लामोको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

कृष्ण रसालकोे निर्देशन र टेक छिरिङ लामाको कोरियोग्राफी रहेको गीतको भिडियोमा रेशम फिरिरि, सृष्टि खड्का, करण बराल, सुभाष गजुरेल, ज्ञानेन्द्र खड्का, आरजे सापकोटालगायतका कलाकारलाई फिचरिङ गरिएको छ ।

ड्रिम्स गेट ईन्टरटेन्मेन्टको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गीत रोमान्टिक डान्सिङ फ्लेवरको छ र भिडियो पनि उत्तिकै आकर्षक बनेको छ । राजेन्द्र पाण्डेको छायाँकन रहेको भिडियोमा लोकेन्द्र सुब्बाको सम्पादन रहेको छ ।

‘हामी सबैको मिहिनेतले एउटा राम्र्रो गीतको राम्रो भिडियो लिएर स्रोता/दर्शकमाझ आएका छौ, हाम्रा अघिल्ला भिडियोहरु जस्तै यो भिडियोले पनि स्रोता/दर्शकको मन जित्नेमा आशावादी रहेका छौं’, निर्देशक कृष्णले भने ।

प्रतिक्रिया दिनुहोस्