Logo
८ बैशाख २०८१, शनिबार
(March 8, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चैत ४ गतेदेखि नेपाल पुनर्बीमाको एक अर्ब ६० करोड रुपैयाँको आइपिओ आउँदै

नेपाल पुनर्बीमा कम्पनीले चैत ४ गतेदेखि एक अर्ब ६० करोड रुपैयाँको प्राथमकि शेयर निष्काशन गर्ने भएको छ। कम्पनीले सर्वसाधारणको लागि एक लाख ५१ हजार कित्ता, सामूहिक लगानी कोषका लागि ८ लाख कित्ता र कर्मचारीकहरुको लागि ७३ हजार ५०० कित्ता प्राथमिक शेयर निष्काशन गर्ने भएको हो।

कम्पनीले छिटोमा चैत ७ गतेसम्म निष्काशन गर्ने छ। यदि पहिलो चरणमा बिक्री नभएमा ढिलोमा चैत १८ गतेसम्म बिक्री खुला गर्ने जनाएको छ। सर्वसाधारणले आस्वा सुविधा प्रदान गर्ने सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्ने छन्। मेरो शेयरमा खाता हुनेहरुले अनलाइनबाट आफै आवेदन दिन सक्ने धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक आरविवि मर्चेन्ट बैंकिङले जनाएको छ।

आवेदकले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने छन्। न्यूनतम एक हजार रुपैयाँको आवदेन दिन पाइन्छ।

प्राथमिक शेयर निष्काशन पछि कम्पनीको चुक्ता पुँजी १० अर्ब रुपैयाँ पुग्ने छ। प्राथमिक शेयर निष्काशन सँगै नेपाल सरकारको शेयर स्वामित्व ४४.०३ प्रतिशत, बीमा तथा अन्य संस्थाहरुको ३९.९६ प्रतिशत र सर्वसाधारणको १६ प्रतिशत कायम हुनेछ।

नेपाल पुनर्बीमा कम्पनी एकमात्रै पुनर्बीमा कम्पनी हो। यसले नेपाली बीमा कम्पनी तथा विदेशी बीमा कम्पनीको पुनर्बीमाको दायित्व लिदै आएको छ। प्राथमिक शेयरका लागि गरिएको क्रेडिट रेटिङ अनुसार सुरक्षित रेटिङ जनाउने इक्रा एनपि आइपिओ ग्रेड दुई प्राप्त गरेको छ। यो सबैभन्दा सुरक्षित रेटिङ हो।

हाल कम्पनी प्रतिशेयर आम्दानी ११ रुपैयाँ छ। प्राथमिक शेयर निष्काशन पछि पनि कम्पनीले प्रतिशेयर आम्दानी सुधार हुने प्रक्षेपण गरेको छ।

प्रकाशित मिति: Mar 8, 2020

प्रतिक्रिया दिनुहोस्