Logo
७ बैशाख २०८१, शुक्रबार
(March 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना भाइरसले अटोमा पनि नोक्सानि : टाटा र महिन्द्राको बिक्री घट्यो

कोरोना भाइरसको प्रभावका कारण टाटा र महिन्द्राको बिक्रीमा ठूलो गिरावट आएको छ । कोरोना भाइरसले देश र विश्वको बजारलाई असर गरिरहेको अवस्थामा देशको अटो उद्योग पनि यसबाट प्रभावित हुनबाट छुटिएको छैन ।

चीनमा फैलिएको महामारीको कारण, मोटर्स पार्ट्सहरु उपलब्ध गर्न नसक्दा अटो सेक्टरले नोक्सानि व्योरनु परेको हो ।

यसले टाटा र महिन्द्र मोटरको बिक्रीमा नराम्रो असर पारेको छ ।

फे्रबरिमा भारतको सबैभन्दा ठूलो अटो निर्माता टाटा मोटर्सको बिक्री ३२ प्रतिशतले घटेको छ ।

साथै भारतको दोस्रो सबैभन्दा ठूलो अटो निर्माता महिन्द्र माटर्सको बिक्री ४२ प्रतिशतले घटेको छ ।

मार्च सम्म मोटर्सको बिक्री नहुने अवस्था सिर्जना भएको देखिन्छ । टाटा मोटर्सको व्यवासायिक सवारीका अध्यक्ष गिरीश वाघले भने, चीनमा कोविड-१९ बिरबमि र आगलागीको कारण कम्पनीको उत्पादन र बिक्री घट्दै गएको हो ।

समयमा मोटर्स पार्ट्सको आपूर्ति हुन नसक्दा अटो बिक्री प्रभावित भएको हो ।

 

प्रकाशित मिति: Mar 3, 2020

प्रतिक्रिया दिनुहोस्