Logo
८ बैशाख २०८१, शनिबार
(March 2, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

’गाँजामाथिको प्रतिबन्ध फुकुवा गरे ८० प्रतिशत युवाहरु देशमा फर्किनेछन्’

काठमाडौं : पूर्व कानुनमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका नेता शेरबहादुर तामाङले गाँजामाथिको प्रतिबन्ध हटाउन मागसहित संसद सचिवालय गैरसकारी विधेयक दर्ता गराएका छन्।

सांसद तामाङले यो विधेयक संसद सचिवालय भवन नं १ विधेयक शाखामा दर्ता गराएका हुन्।
सांसद तामाङले यो विधेयक संसद सचिवालय भवन नं १ विधेयक शाखामा दर्ता गराएका हुन्।

गाँजा खेतीमा लगाइएको प्रतिबन्ध फुकुवा हुन सकेमा नेपालको आर्थिक समृद्धिमा राम्रो टेवा पुग्ने तर्क तामाङले गरेका छन्।

विधेयक दर्ता गराएपछि सांसद तामाङले गाँजालाई विदेश निर्यात गरेर देशले गतिलो आम्दानी गर्न सक्ने तर्क गरेका छन्।

’गाँजा फुकुवा गरेर निर्यात गर्न सकेमा देशले ठूलो आम्दानी गर्छ सक्छ’, उनले भनेका छन्, ’गाँजामाथिको प्रतिबन्ध फुकुवा गरेर व्यावसायिक खेति गर्न सकेमा विदेशमा रहेका ८० प्रतिशत युवाहरु देशमा फर्किएर आत्मनिर्भर हुनेछन्।

सांसदहरुको विशेषअधिकार प्रयोग गर्दै ल्याइएको विधेयकमा राज्यले तोकेको निश्चित ठाउँमा अनुमति लिएर किसानहरुले खेति गर्न पाउने उल्लेख छ। तामाङले गाँजाको क्षेत्र व्यापक रहेको र औषधीय गुण भएकाले किसानहरु सँगै समग्र मुलुकको आर्थिक विकासमा सहयोग पुग्ने बताए।

प्रकाशित मिति: Mar 2, 2020

प्रतिक्रिया दिनुहोस्