Logo
८ बैशाख २०८१, शनिबार
(March 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विभिन्न होटल, रेष्टुरेण्ट तथा खाजाघरमा यौन गतिविधि गरिरहेका १६ जना पक्राउ

राजधानी उपत्यका स्थित भक्तपुरका विभिन्न होटल, रेष्टुरेण्ट तथा खाजाघरबाट यौन गतिविधि गरेको अभियोगमा प्रहरीले आज छापा मारेर १६ जनालाई पक्राउ गरेको छ।

यद्यपी प्रहरीले अरनिको राजमार्ग खण्डकै ठूला होटल र ठूला होटलभित्र कटेज बनाएर यौनधन्दा चलाउँदै आएका होटल रेष्टुरेष्टमा भने छापा नमार्ने गरेको गुनासो स्थानीयवासीको भनाइ छ।

महानगरीय प्रहरी बृत्त जगातीको टोलीले पिसफुल, प्याराडाइज, कस्तुरी खाजाघर, ए–वान र थकाली खानाघरमा एकैपटक छापा मारी अनैतिक कार्य गर्दै गरेको अवस्थामा आठ पुरुष र आठ महिलालाई पक्राउ गरेको महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिनुभयो ।

जगाती क्षेत्रका होटल तथा रेष्टुरेष्टमा छाडा यौन गतिविधि भइरहेको गुनासो आएपछि छापा मारेर उनीहरुलाई पक्राउ गरिएको जोशीले बताउनुभयो ।

अरनिको राजमार्ग आसपासमा खुलेका केही होटलजन्य व्यवसायमा कानूनविपरीतका गलत कार्य हुँदै आएको गुनासो बढेपछि प्रहरीले छापा मारेको बताएको छ ।

नियन्त्रणमा लिएका महिला तथा पुरुषलाई प्रहरी सामाजिक मनोपरार्मशसमेत दिएको र उनीहरुलाई पहिलोपटक चेतावनी दिएर छाडिने तयारी गरेको प्रनाउ जोशीको भनाइ छ।

 

प्रकाशित मिति: Mar 1, 2020

प्रतिक्रिया दिनुहोस्