Logo
१२ बैशाख २०८१, बुधबार
(February 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘प्रेमबाट विचलित भएर आत्महत्या गर्ने पुस्ताले समाज र परिवार ध्वस्त हुन्छ’

कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले साहित्यले समाजमा विद्यमान विकृतिको चिरफार गर्नुपर्ने बताएकी छन् ।

राप्ती साहित्य परिषद् रुकुमले आज मध्यपश्चिम विश्वविद्यालय सुर्खेतमा आयोजना गरेको ‘साहित्य माला’ कार्यक्रममा उनले समाज रहेका समग्र विकृति र विसङ्गतिविरुद्ध साहित्य ओकेलिनुपर्ने बताए । “साहित्य सभ्य समाज र असल संस्कृतिको द्योतक हो”, उनले भने, “यो वर्तमान राजनीतिक पार्टीको संस्कार बदल्नतर्फ मुखरित हुनुपर्छ ।”

मन्त्री केसीले शक्तिशालीलाई पूजा गर्ने संस्कृतिबाट टाढा हुन आग्रह गर्दै युवापुस्ता सिर्जनशील भएर लाग्न जरुरी रहेको बताए । उनले भने, “प्रेमबाट विचलित भएर आत्महत्या गर्ने पुस्ताले समाज र परिवार ध्वस्त हुन्छ । तसर्थ राम्रो संस्कार हामी आफैँले विजारोपण गर्ने हो ।” उनले भ्रष्टाचारको अन्त्य नभई विकास असम्भव भएको प्रष्ट्याउँदै यसको खबरदारी सबै क्षेत्रलाई गर्न आग्रह गरे ।

प्रदेशसभा सदस्य देवी ओलीले नेपाल कला, साहित्य, प्रेमी मनले भरिएको देश भएको उल्लेख गर्दै समाजको यथार्थतालाई साहित्यबाट उजागर गरी समाज र सरकार दुवैलाई सचेत तुल्याउन सहभागी स्रष्टा, सर्जकलाई सुझाए ।

मध्यपश्चिम विश्वविद्यालयका शिक्षाशास्त्र सङ्काय केन्द्रीय क्याम्पस सुर्खेतका क्याम्पस प्रमुख जसवीर रोका र अतिथि सङ्कायमा अध्यापनरत डा दीपक गौतमले युवा पुस्तामा नकरात्मकता बढी देखिएको टिप्पणी गरे ।

साहित्य माला कार्यक्रममा १३ स्रष्टाले मुलुकको विकास, सीमा रक्षा, राजनीतिक, आर्थिक, सांस्कृतिक, सामाजिक परिवर्तन, कमजोर नागरिक जीवनशैली र सुशासन कायम हुन नसक्नुलगायतका भाव आफ्ना सिर्जनामार्फत प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति: Feb 29, 2020

प्रतिक्रिया दिनुहोस्