Logo
१६ चैत्र २०८०, शुक्रबार
(February 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गुण्डा-डन ‘चरी’को नाममा चर्चापछि केहि प्रहरी अधिकारीसँग सम्बन्ध बनाएकी खुश्वु ओलीलाई २ बर्ष जेल

कुनै बेला निकै चर्चमा आएकी चेक बाउन्स प्रकरणमा विवादीत मोडल खुश्वु ओलीलाई जिल्ला अदालत काठमाडौंले शुक्रबार दुई बर्षको जेल सजाय सुनाएको छ ।

गुण्डा डन दिनेश अधिकारी चरीको इन्काउण्टर हुँदा उनी उनको गर्लफ्रेण्डको रूपमा एकाएक चर्चामा आएकी थिइन् । योसँगै मोडल ओली विभिन्न विवादमा तानिने गरेकी थिइन् । त्यसपछि केही विवादीत प्रहरी अधिकारीसँग पनि उनको सम्बन्धको चर्चा चल्ने गरेको थियो ।

लेनदेनका क्रममा ओलीले सापटको पैसा तिर्नका लागि रकम नभएको कुमारी बैंकको बाउन्स भएको चेक सप्तरी राजविराज–८ का गोपाल कटुवाललाई दिएकी थिइन् । यसअघि तीन महिनाभित्र रकम तिर्न भन्दै अदालतले पूर्पक्षका लागि थुन्ने आदेश दिएको थियो तर ओलीले उक्त रकम तिरिनन् ।

२ वर्षअघि ओलीले कटुवाललाई आफूले घरजग्गा किन्न लागेको र त्यसका लागि रकम चहिएको भन्दै ३६ लाख लिएकी थिइन् । खुश्बु ओली नाममा रहेको खाता नम्बर ०५०९५२४१६१२२६०१५ को चेक नम्बर ०००५४६२५८३१६०१ मार्फत् उनले ३६ लाख रुपैयाँको चेक कटुवाललाई दिइन् ।

तर त्यसमा रकम थिएन । कुमारी बैंक न्युरोड शाखामा कटुवालले चेक बाउन्स गराई अदालतमा मुद्दा हालेका थिए । विनिमय अधिकारपत्र ऐन २०३४ को दफा ५३ बमोजिम कटुवालले मोडल ओलीविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए ।

उक्त मुद्दाको फैसला गर्दै ओलीलाई जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले शुक्रबार दुई वर्ष कैदको फैसला सुनाएको हो ।

प्रकाशित मिति: Feb 29, 2020

प्रतिक्रिया दिनुहोस्