Logo
१२ बैशाख २०८१, बुधबार
(February 28, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कालापानीलाई आफ्नो सिमानामै राखेर भारतले जारी गर्यो हिन्दी र संस्कृत भाषामा अर्काे नक्सा

वर्षौंदेखि विवादित रहेको भनिएको नेपालको कालापानी क्षेत्रलाई फेरि आफ्नो सिमानाभित्र पार्दै भारत सरकारले शुक्रबार हिन्दी र संस्कृतमा अर्काे नक्सा सार्वजनिक गरेको छ ।

यसअघि गत नोभेम्वरमा भारतले अंग्रेजी भाषामा भारतको नयाँ पोलिटिक नक्सा प्रकाशित गरेको थियो । जसमा नेपालको कालापानी क्षेत्रलाई पनि भारतीय सिमानाभित्र समावेस गरिएपछि नेपालमा ठूलो तरंग सृजना भएको थियो ।

नक्सा सार्वजनिक भएपछि प्रतिपक्षी दल नेपाली कांग्रेसले निकै चर्को आन्दोलन गरेको थियो । तत्कालीन भनिएको भारतीय नाकाबन्दीलाई समेत विरोध नगरेको कांग्रेसले केहि महिना अघि भने भारतको विरुद्धमा निकै उग्र आन्दोलन गरेको थियो ।

भारतीय अनलाइन पोर्टल द प्रिन्टका अनुसार हिन्दी र संस्कृत भाषमा प्रकासित नक्सा नयाँ दिल्लीस्थित विज्ञान भवनमा भारतका विज्ञान र प्रविधि मन्त्री हर्षबर्धनले सार्वजनिक गरेका हुन् ।

नरेन्द्र मोदी नेतृत्व सरकारले हिन्दी र संस्कृत भषामा पनि भारतको नक्सा प्रकाशित गर्ने योजनाअनुसार नयाँ नक्सा जारी गरिएको द्र प्रिन्टले उल्लेख गरेको छ ।

प्रकाशित मिति: Feb 28, 2020

प्रतिक्रिया दिनुहोस्