Logo
१३ बैशाख २०८१, बिहीबार
(February 28, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओली विरुद्ध अविश्वास प्रस्ताव : प्रचण्ड पार्टी अध्यक्ष, माधव प्रधानमन्त्री, झलनाथ राष्ट्रपति र बामदेव अर्थमन्त्री

प्रधानमन्त्री केपि शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने तयारी सुरु भएको छ । योसंगै सत्तासीन नेकपा भित्र बनेको नयाँ समीकरणमा पुष्पकमल दाहाल “प्रचण्ड” पार्टी अध्यक्ष, माधवकुमार नेपाल प्रधानमन्त्री, झलनाथ खनाल राष्ट्रपति र बामदेव गौतमलाई गृहमन्त्री बनाउने रणनीति तयार भएको छ ।

साथै बर्तमान गृहमन्त्री र उर्जा बाहेक सबै मन्त्री परिवर्तन गर्ने रणनीति नेकपाले बनाएको बताईएको छ । “प्रधानमन्त्री ओलीले पार्टीको निर्देशन नमानेर निकै ठूलो भूल गर्नुभएको छ, अब उहाँ मार्ग प्रसस्त गरेन भने जेपनी हुनसक्छ नेकपा नेता झलनाथ खनालले नागरिक टाइम्ससँगको सांक्षेप कुराकानीमा भने “अझैपनी बल प्रधानमन्त्री ओलीकै कोर्टमा छ । उहाँले पार्टीको निर्देशनलाई मान्नैपर्छ ।” हो हामी दुई तिहाई बहुमत प्राप्त पार्टी हौं तर यो पार्टी एक जना ब्यक्तिको मात्र होइन नि ? उनले भने -“ओलीजीलाई यो कुराको ज्ञात रहनुपर्छ कि उहाँ नेकपाको एक जना अध्यक्ष हो सिंगो पार्टी उहाँको होइन । पार्टी हामी सबैको हो ।”

यता दुई तिहाई बहुमत र आफू नै अध्यक्ष रहेको पार्टीभित्र अल्पमतमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिने मूड बनाएका छन् । उनले आगामी मंगलबारसम्म राजिनामा दिने तयारीमा रहेको बालुवाटार निकट उच्च स्रोतले जानकारी दिएको छ ।

नेकपाको नयाँ समीकरणमा प्रचण्डको एकल पार्टी अध्यक्ष बन्ने रणनीति रहेको बुझिएको छ । त्यस्तै अर्थमन्त्री युवराज खतिवडाको ठाउँमा उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा सदस्य बनाएर आर्थमन्त्री बनाउने तयारी नेकपाको नयाँ समीकरण टिमको रहेको छ ।

यद्यपि अहिलेको राजनीतिक वातावरण वा नेकपाभित्रको समीकरणमा कुनै फेरबदल आएन भने आगामी मंगलबारसम्म प्रधानमन्त्री ओलीको राजिनामा लगभग तय भएको स्रोतको दावी छ ।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदमा सुविधाजनक पूर्ण बहुमत हुँदाहुँदै पनि प्रधानमन्त्री ओली पार्टीभित्र अल्पमतमा परेसँगै राजिनामा दिने निष्कर्षमा पुगेको स्रोतको दावी छ ।

शुक्रबार ओली इतर समूहको खुमलटारमा बसेको नेकपा शिर्ष नेताको बैठकले प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री बाट हटाउन संसदीय दलमा अविश्वासको प्रस्तावसम्म गर्ने तयारी रहेको भन्दै त्यो भन्दा अगाडि नै प्रधानमन्त्री पदबाट राजिनामा दिन लागेको समेत स्रोतले दावी गर्‍यो ।

पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभाको सदस्य बनाउन सिफारिस गर्ने सचिवालयको निर्णय कार्यान्वयन अस्वीकार गरेसँगै ओली वर्तमान ओली सरकार संकटमा परेको हो ।

पार्टीको निर्णय कार्यान्वयन नगरेको भन्दै उनकै दलका शिर्षनेताहरू उनी विरुद्धको गठबन्धनमा गएपछि ओली संकटमा देखिएका थिए ।
संकटकालिन अवस्थाको घोषणा वा संसद विघटनको विकल्प भएपनि प्रधानमन्त्री ओलीले उक्त कदम अलोकप्रिय र अनुचित हुने ठहर गर्दै राजिनामाको निष्कर्षमा पुगेको बताइन्छ ।

पार्टीभित्रबाट अल्पमतमा परेका प्रधानमन्त्री ओलीले आफ्ना विश्वासपात्र नेता पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई पार्टीकै नेताहरूको संलग्नतामा नियोजित रूपमा फसाएर आफूसँग बदला लिएको भन्दै निकटवर्तीहरूसँग दुखेको पोख्ने गरेका छन् ।

खुमलटारको पछिल्लो घटनाक्रम सँगै प्रधानमन्त्री ओलीले आफ्ना निकटवर्तीहरूसँग परामर्श गरिरहेको र आफूसँग राजिनामाको विकल्प मात्रै रहेको भन्दै त्यो भन्दा उपयुक्त कुनै विकल्प भए सुझाउन समेत भनेको स्रोतले दावी रहेको छ ।

प्रकाशित मिति: Feb 28, 2020

प्रतिक्रिया दिनुहोस्