Logo
१२ बैशाख २०८१, बुधबार
(February 28, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुख्यमन्त्री शेरधन राई विरुद्ध घरेलु हिंसाको मुद्दा, अंश दावी गर्दै पत्नीद्वारा अदालतमा मुद्दा दायर

मुख्यमन्त्री शेरधन राई विरुद्ध घरेलु हिंसाको मुद्दा दायर भएको छ । अंश दावी गर्दै उनकी पत्नी बताउने एक महिलाले अदालतमा मुद्दा दायर गरेकी हुन् ।

प्रदेश १ का मुख्यमन्त्री राईलाई आफ्नो पति दाबी गर्दै एक महिलाले काठमाडौं जिल्ला अदालतमा मुद्धा दर्ता गरेकी हुन् ।

काठमाडौं जिल्ला अदालत स्रोतका अनुसार दोलखा घर भएकी बालिका खड्का नाम गरेकी महिलाले मुख्यमन्त्री राईविरुद्ध पति दावी गर्दै मुद्दा दायर गरेकी हुन् ।

शुक्रबार मुद्धा दर्ता गर्न आएकी खड्काले राईसँग आफ्नो बिवाह भएको दावी गर्दै अंश मुर्दा दर्ता गरेकी छन् । बिवाहपछि आफु घरेलु हिंसामा परेकोसमत उजुरीमा उल्लेख गरिएको छ ।

उनले दिएको उजुरीमा मुलुकी फौजदारी संहिताको दफा २१५ बमोजिम आफुले अंश पाउनु पर्ने माग गरिएको छ ।

प्रकाशित मिति: Feb 28, 2020

प्रतिक्रिया दिनुहोस्