Logo
८ बैशाख २०८१, शनिबार
(February 28, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एआईजीमा बढुवाको लागि ३ डिआइजीको नाम सिफारिस

काठमाडौं : गृह मन्त्रालयले नेपाल प्रहरीमा रिक्त तीन प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा तीन प्रहरी नायव महानिरीक्षक (डिआइजी)को नाम सिफारिस गरेको छ ।

गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिले एआईजीमा बढुवाको लागि तीन आईजी ( तारिणी लम्साल, शैलेस थापा क्षेत्री र हरी बहादुर पाललाई सिफारिस गरेको हो ।

बढुवा सुचीको पहिलो नम्बरमा रहेका लम्साल हालका प्रहरी महानिरीक्षक (आइजिपी) ठाकुर ज्ञवालीसँगै २०४७ असार २५ मा प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट सेवा प्रवेश गरेका हुन् ।

एआईजीहरु पुष्कर कार्की, ठुले राई र धिरु बस्न्यातले २८ माघमा अनिवार्य अवकास पाएसँगै यी पदहरु रिक्त थिए।

प्रकाशित मिति: Feb 28, 2020

प्रतिक्रिया दिनुहोस्