Logo
१५ चैत्र २०८०, बिहीबार
(February 28, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानसेनापति थापाद्वारा ईटहरीमा सैनिक अस्पतालको उद्‍घाटन

प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले एक विशेष समारोहका बीच सुनसरी जिल्लाको ईटहरीस्थित नवनिर्मित ५० सैय्या क्षमता भएको सैनिक अस्पतालको समुद्‍घाटन गरेका छन् ।

मिति २०७४ कार्तिक १५ गतेबाट निर्माण शुरु भई २०७५ मंसिर १५ गते निर्माण सम्पन्‍न भएको उक्त सैनिक अस्पताल आज मिति २०७६ फाल्गुन १६ गतेबाट संचालनमा आएको छ ।

नेपाली सेनाका बहालवाला तथा भूतपूर्व सैनिक र सैनिकहरुका आश्रित परिवारहरुलाई स्थानीय तहमा नै स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने उद्देश्यले श्री सैनिक कल्याणकारी कोषको लगानीमा उक्त अस्पताल निर्माण गरिएको हो ।

उक्त अस्पतालमा जनरल ओ.पि.डी, मेडिकल ओ.पि.डि., डेन्टल, प्याथोलोजी, ई.एन.टि, गाईनो, फार्मेसी, रेडियोलोजी, फिजियोथेरापी र माइनर ओ.टी लगायतका सेवाहरु संचालनमा ल्याइएको छ ।

उक्त उद्‍घाटन कार्यक्रममा बलाध्यक्ष रथी, अन्य बहालवाला तथा अवकाश प्राप्त रथीवृन्दहरु, नेपाली सेनाका सकलदर्जा, संचारकर्मी तथा विभिन्‍न स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति: Feb 28, 2020

प्रतिक्रिया दिनुहोस्