Logo
१६ चैत्र २०८०, शुक्रबार
(February 28, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विजयप्रकाश मिश्रविरुद्ध पूर्वमन्त्री बास्कोटाले दिए उजुरी

काठमाडौं : निवर्तमान सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुल बास्कोटा गाली बेइज्जतीसम्बन्धी मुद्दा लिएर अदालत पुगेका छन् ।

बास्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसनको अडियो सार्वजनिक गर्ने विजयप्रकाश मिश्रविरुद्ध जिल्ला अदालत काठमाडौं पुगेर उजुरी दिएका हुन् ।

अदालतमा उजुरी दर्ता भएपछि बास्कोटाले फेसबुकमा लेखेका छन्, ‘मविरुद्ध लगाइएको झुट्टा लाञ्छना र गालिबेइज्ज्तीको विरूद्धमा मैले आज आफ्ना प्रतिनिधिमार्फत जिल्ला अदालत, काठमाडौंमा न्याय माग गर्दै मुद्दा दायर गरेको जानकारी सबैमा गराउँदछु । धन्यवाद ।’

प्रकाशित मिति: Feb 28, 2020

प्रतिक्रिया दिनुहोस्