Logo
१६ चैत्र २०८०, शुक्रबार
(February 28, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

५१ वर्षको उमेरमा फिट बन्दै रोहित रोय,रूपान्तरणको लागि सलमान हौसला बढाउँदै

अभिनेता रोहित रोय फ्याट टू फिट ट्रान्सफर्मेशनका कारण चर्चाको विषय बनेका हुन् ।

रोहितले इन्स्टाग्राममा आफ्नो रूपान्तरणका तस्बिरहरु शेयर गरेका छन् । रोहितले एक अन्तर्वार्तामा आफ्नो यात्राको कुराकानि बताएका छन् ।

रोहितले १ बर्ष पहिला मात्र फिटनेसमा काम गर्न सुरु गरेका हुन् । उनी आफ्नो फिल्ममा विजी भएका कारण आफ्नो शारिरीक तौलमा ध्यान दिएका थिएनन् । तर एक दिन उनले महसुस गरे की उनले आफ्ना फिटनेसमा  ध्यान केन्द्रित गर्नुपर्छ । साथै उनको आमाले पनि उनलाई त्यही कुरा बताईन । त्यसपछि उनले आफ्नो फिटनेसमा ध्यान दिन थालेन ।

सलमानले सल्लाह दिए

रोहितले भने, ’यसबारे मैले सलमानसँग कुरा गरे र उनले भने कि हामी सबैले यस चरणमा जानुर्पछ तर बलियो मान्छे हार मान्दैनन् उनीहरू आफैलाई सुदृढ बनाउँछन् र पहिलेभन्दा शक्तिशाली हुन्छन् । यसैले म फिटनेसमा पर्के ।

उनको भनाई अनुसार जिमले मात्र शारिरीक तौल घटाउन सकिदैँन, जिम सँगै खानपिनमा विशेष ध्यान दिनुपर्छ । उनले सन्तुलित आहार साथै स्वस्थ खाना सेवन गर्थे ।

नले फिल्म इन्डसट्रिमा २५ वर्ष बिताई सकेका छन् । उनले ’स्वाभिमान’, ’देश मे निकला होग चन्द’, ’संजीवनी २’ जस्ता धेरै कार्यक्रमहरूमा काम गरिसकेका छन् र फेसन, दश कहानी, एक खिलाडी एक हसीना, शूटआउट एट लोखंडवाला जस्ता फिल्महरूमा देखा परेका छन् ।

प्रकाशित मिति: Feb 28, 2020

प्रतिक्रिया दिनुहोस्