Logo
१६ चैत्र २०८०, शुक्रबार
(February 28, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वाङ छिरिङ भोटियाको स्वरमा ‘तिमीलाई देखिसी’ गीतको भिडियो सार्वजनिक (हेर्नुहोस् भिडियो)

गायक वाङ छिरिङ भोटियाले आफ्नो दोस्रो म्युजिक भिडियो ‘तिमीलाई देखिसी’ सार्वजनिक गरेका छन ।

लोक फ्लेवरको यस गीतमा स्वर वाङ छिरिङ भोटियाको रहेको छ भने शब्द र संगीत राम सिटौलाको रहेको छ । गीतको संगीत संयोजन फणिन्द्र राईले गरेका हुन।

म्युजिक भिडियोमा स्वयम गायक भोटिया र सवाना राई फिचर्ड छन । अजय रेग्मीले छायांकन गरेको भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका हुन । प्रथम क्षेत्रीको निर्देशनमा म्युजिक भिडियो तयार भएको हो ।

यसघि ‘कसले भन्यो’ बोलको म्यजिक भिडियो सार्वजनिक गरेका  गायक भोटियाको अफ़िसिएल युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो । म्युजिक भिडियोलाई दर्शक, स्रोताको सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्